
3Shares
पोखरा भ्यूज
पोखरा । ‘घर–घर जाँउ, कांग्रेसलाई जिताउ’ भन्ने मूल नारालाई सफल पार्न कास्की कांग्रेसले प्रतिनिधिको रुपमा संयोजक सहितको टोली वडा/वडामा खटाएको छ ।
कास्की कांग्रेसले ज़िल्लाका ७२ वटै वडामा यही फागुन २९ गतेदेखि एक महिने चुनावी अभियान स्वरुप जनताको घर घरमा गएर चुनावी प्रचार गर्ने निर्णय तथा निर्देशन दिइसकेको छ ।

त्यस्तै स्थानीय निर्वाचनलाई लक्षित गर्दै कास्की निर्वाचन क्षेत्र नं १ मा चैत्र ५ गते एकै दिन–एकै समयमा क्षेत्र अन्तर्गतका ३० वटा वडा सम्पर्क कार्यालय स्थापना गरेको कास्की कांग्रेस क्षेत्र नं १ का सचिव सरोज केसीले जानकारी दिए । उनका अनुसार कास्की क्षेत्र नम्बर १ मातहतका ३० वटा वडा कार्यालय र २ वटा गाँउपालिका कार्यालय एकै दिन स्थापना गरिएको हो ।
3Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















