50Shares

पोखरा भ्यूज

पोखरा । पोखराको रामवजारमा अवस्थित कालिका पव्लिक कलेजले आफ्नो पहिलो सिनेट साधारण सभा सम्पन्न गरेको छ । ६४ सालमा स्थापित कलेजको पहिलो सिनेट अध्यक्षको रुपमा गिता आचार्य निर्विरोध चयन भएकी छन । एक सय १ सय ६६ जना सिनेट सभासद रहेको कलेजको साधारण सभाले सदस्यहरुमा पुर्णचन्द्र न्यौपाने, सुरेश कुमार ध्वजु, निर्मला कार्की भण्डारी, राम बहादुर थापा र कुमार थिङ निर्विरोध निर्वाचित गरेको छ ।
सभाको सम्वोधन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गले शिक्षा सवैको पहँचमा पु¥याउन पव्लिक कलेजहरुको ठुलो महत्व रहेने धारणा व्यक्त गरे । उनले शिक्षालाई व्यवहारिक र जिवन उपयोगी वनाउन आवस्यक रहेको धारणा पनि राखे ।
कार्यक्रममा संघीय सांसद खगराज अधिकारीले शिक्षा क्षेत्रमा हुने कुनै पनि राजनीतिको विरोध गर्दै शिक्षाका विषयमा आम मानिसको धारणामा सकारात्मक परिवर्तन आवस्यक रहेको समेत जानकारी दिए ।
यस्तै सामाजिक विकास तथा शिक्षा मन्त्री मेखलाल श्रेष्ठले शिक्षाका लागि प्रदेश सरकार सँधै सकारात्मक रहेको भन्दै जनअपेक्षा पुरा हुने गरी काम गर्न अनुरोध गरे । उनले शिक्षा समाज परिवर्तनको मुल आधार भएको शैक्षिक क्षेत्रमा हुने राजनीति वन्द गर्नुपर्नेमा पनि उनको जोड थियो । साथै केन्द्र सरकारले संघीयताको मर्म अनुरुप काम नगरेको पनि उनको भनाई थियो ।

50Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected