3Shares

पोखरा भ्यूज

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) कास्की अन्नपूर्ण गाउँपालिका सभापतिमा विकास केसी चयन भएका छन् । पार्टीको गाउँपालिकाका प्रतिनिधि बालकृष्ण पौडेलको संयोजकत्वमा आयोजित प्रथम पालिका अधिवेशनले केसीलाई सभापतिमा चयन गरेको हो ।

भेलाले संघको उपसभापतिमा दीपक सुनार र पूजा भण्डारीलाई चयन गरेको छ । यस्तै, सचिवमा उज्वल पौडेल, सहसचिवमा सञ्जिता पौडेल र सञ्जन पौडेल, कोषाध्यक्षमा आरती अधिकारी र उमनाथ अधिकारी छन् ।

संघको कार्यसमिति सदस्यहरुमा विनिता केसी, पूर्णीमा अधिकारी, मुना पौडेल, सुजला अधिकारी, सुशील पौडेल, सन्देश कुँवर, रुपेश अधिकारी, विजय भण्डारी, सुशील केसी, सुवास पौडेल, अमृत पौडेल रहेका छन् ।

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected