
पोखरा भ्यूज
पोखरा । भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङ्ग जिल्लाको सिनाममा अवस्थित सिनाम उच्च माध्यमिकविद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ ।
प्रतिनिधि सभाका सांसद योगेश भट्टराई, संविधानसभा सदस्य भुपेन्द्र थेवे र भारतीय राजदूतावासका प्रथम सचिव रोहित मिश्रले सोमवार आयोजित एक कार्यक्रम विच संयुक्त रूपमा उद्घाटन गरेका हुन ।
उद्घाटन समारोहमा स्थानीय सरकारका प्रतिनिधि, स्थानीय समुदायका अगुवा, शिक्षक–शिक्षिका, अभिभावक, छात्र–छात्रा लगायतको उपस्थिति रहेको थियो ।
यस परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको अवसरमा नेपाल स्थित ७५ वटा परियोजनाहरु मध्येको एकरहेको राजदुतावासले जनाएको छ ।
‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा कुल ३ करोड १०लाखको लागतमा उक्त दुई तले भवनको निर्माण भएको हो । सन् १९५० मा स्थापना भएको यस विद्यालयमाहाल १ हजार ६ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।
सन् २००३ यता भारतले नेपालमा ५ सय २३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघिबढाइसकेकोमा ४सय ६७ वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये ताप्लेजुङ्गका २ गरी प्रदेश १ मा७८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले ताप्लेजुङ्ग जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाईहालसम्म ७ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको छ । यसपरियोजनाको कार्यान्वयनले नेपाली जनताको जीवनस्तर उकास्न नेपाल सरकारले गरेका प्रयासहरुमा भारतसरकारले पु¥याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।







सम्बन्धित खवर
















