
पोखरा भ्यूज
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दल गठन भएको छ । शनिवार सम्पन्न भेलाले दिलबहादुर जिसीको अध्यक्षतामा २५ सदस्यीय तरुण दल गाउँपालिका स्तरीय समिति गठन भएको हो ।
गाउँपालिकाको केन्द्र नागडाँडामा भएको बृहत तरुण कार्यकर्ता भेला तथा पुर्नगठन कार्यक्रमले जीसीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा मिलन गुरुङ, अन्तिम गुरूङ, सचिबमा नमराज पोखरेल र कमल गुरुङ, कोषाध्यक्षमा सुशील भण्डारी, सह सचिबमा सन्तोष क्षेत्री र कुवेष गुरुङ रहेका छन ।
त्यस्तै सदस्यहरुमा प्रदिप भण्डारी, अर्जुन गुरुङ, सरोज पौडेल, इन्द्र नेपाली, साकार गुरुङ, किरण गुरुङ, धुर्व केसि, सोम प्रसाद ज्वार्चन, कृष्ण बिक, नविन दाहाल, दिपक अधिकारी, गोकुल पौडेल, सुर्य बिक, सुरेसअधिकारी, नारायण अधिकारी, बिनोद घले रहेका छन् ।
जिसीले नेपाल तरूण दल अन्नपूर्ण गा.पा कार्यसमितिको अध्यक्षमा मलाई बिश्वास गरी सर्वसम्मत चयन गर्नु हुने सबैमा आभार व्यक्त गर्दै यो बिश्वासलाई सधै शक्तिमा रूपान्तरण गरी नेपाल तरूण दलको निती र सिद्धान्तमा अडिग रही नेपाल तरूण दल र नेपाली काङ्ग्रेसको हितमा लागिरहने प्रतिबद्वता व्यक्त गरेका छन ।
कार्यक्रममा निर्वाचनलाई केन्द्रित गरेर युवा परिचालन समिति समेत गठन गरीएको छ । सरकारले निर्वाचनकोमिति घोषणा गरे संगै निर्वाचनको तयारीको लागि युवा परिचालन समिति गठन गरिने अध्यक्ष जिसीले बताए।
तरुण दल अन्नपूर्णले संगठन बिस्तारको क्रममा सबै वड़ामा समिति गठन र संगठन बिस्तारको कार्यक्रम तय गरेको अध्यक्ष जिसीले बताए ।







सम्बन्धित खवर
















