भारतीय राजदूतावासले काठमाडौंमा अन्तर्राष्ट्रिय कन्क्लेभ-कनेक्टको आयोजना

पोखरा भ्यूज
काठमाडौं । भारतीय राजदूतावासले काठमाडौंमा अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्टको आयोजना गरेको छ ।भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत बुधवार कनक्लेभको आयोजना गरिएको हो । कनक्लेभ वर्ष २०२२ को फेब्रुवरी महिनाको पहिलोहप्तामा गर्ने तय भएको थियो तर महामारीले निम्त्याएको विषम परिस्थितिका कारण यसलाई मार्च महिनामासारिएको थियो । यस कार्यक्रमको सह–आयोजकमा क्लोकब बिजनेश इन्नोभेसन्स रहेको छ भने अन्य प्रमुखसाझेदारहरुमा जीएमआर, टाटा मोटर्स, टाटा मेडीटेक र टुटल समावेश रहेका छन् ।
कनेक्ट ईनले भारत र नेपालका इनोभेटर, प्रतिष्ठित व्यक्ति र चिन्तकहरुलाई एकै ठाँउमा ल्याई दुवै देशकानवीन पद्धति र उद्यमशीलतालाई प्रवर्धन गर्न मद्दत गर्दछ । भारत र नेपालका उद्यमशील प्रतिभाहरुलाई जोड्नेउद्देश्यबाट प्रेरित यो कन्क्लेभले हाम्रा माझ सैयौं समस्या भएता पनि हामीसँग तिनीहरुलाई समाधान गर्ने क्षमताएवम् खुबी भएका हजारौं वौद्धिक प्रतिभा छन् भन्ने विश्वासलाई साकार तुल्याएको छ ।
तीनवटा संस्करणहरु मार्फत कनेक्ट इनले नेपाल र भारतका युवा उद्यमीहरू, लगानीकर्ताहरु, उद्यम पूँजीपतिहरुर विज्ञहरुलाई विचारदेखि व्यापार मोडलसम्म, समस्या देखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मकाविविध विषयवस्तुहरुमा एक अर्काका अनुभवहरु साटासाट गर्न र एक आपसमा जोडिन एउटा प्रभावकारी मञ्चप्रदान गरेको छ ।

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागि भारतीय राजदूतविनय मोहन क्वात्राले कनेक्ट (इन) को तेस्रो संस्करणको संयुक्त रूपमा उद्घाटन गरेका छन । भारत र नेपालकास्टार्टअप इकोसिस्टमबीच बढ्दो सम्बन्धलाई थप मजबुत बनाउन यस अघिका दुई संस्करणले हासिल गरेकोसफलतालाई निरन्तरता दिदै यो तेस्रो संस्करणको आयोजना गरिएको हो ।
ई–कमर्श, जीवन विज्ञान, फिनटेक, शिक्षा प्रविधि, सामाजिक उद्यमशीलता, खाद्य प्रविधि तथा वित्तीय सेवाहरुजस्ता विविध क्षेत्रहरुमा क्रियाशील भारतका पाँच जनासहित करिब २५ जना उद्यमीहरुले उक्त कनक्लेभमासहभागीता जनाएका थिए । कार्यक्रमको दौरानमा भएका छलफल तथा प्रस्तुतिबाट आकांक्षी उद्यमी, व्यवसायी, सञ्चारकर्मी तथा बैंकरहरु समेत गरेर करिब चार सय जना लाभान्वित भएका थिए । अझ त्योभन्दाबढी संख्याले सो कार्यक्रम लाइभ स्ट्रिममार्फत हेर्ने अवसर पाएका थिए ।
हालको संस्करणमा कनेक्ट इनले भारत र नेपालमा आफ्नो पहिचान बनाउन सफल स्टार्टअपकासंस्थापकहरुका सङ्घर्षको कथालाई समावेश गरेको थियो । यी कथाहरुमा भारतको सबैभन्दा ठूलोसामाजिक ई–कमर्श र रिसेल पोर्टलहरु मध्येको एक मिशो तथा तथ्याङ्क विश्लेषण गर्दै जीवन विज्ञान रइन्जिनियरिङ्गबीच विद्यमान दूरी घटाउन प्रयासरत रहेको एक उदीयमान कम्पनी इलुसिड़ाटा रहेका थिए ।नेपालबाट चिरपरिचित फिनटेक प्लेयर एफवन सफ्ट ग्रुप तथा ई–कमर्श पोर्टल सस्तो डिल समावेश थिए ।
कन्क्लेभमा तीनवटा टोली बनाई सुरुवाती चरणमा स्टार्टअपले झेलेका चुनौती, उद्यम पूँजीपतिको दृष्टिकोणमास्टार्टअपको आर्थिक पक्ष र परम्परागत व्यापार व्यवसायमा प्रविधिको भूमिका लगायतका विषयमा केन्द्रीत भईछलफल गरिएको थियो । सो छलफल सत्रमा भारतबाट वित्तिय प्रविधि उद्यमका आर्थिक पक्षमा केन्द्रीत रहीकाम गर्ने लगानीकर्ता कम्पनी यात्रा एन्गल नेटवर्क र शैक्षिक ऋण प्रवाहको क्षेत्रमा काम गर्ने स्टार्टअप कम्पनीक्रेडेन्सको सहभागीता थियो । नेपाली टोलीमा चिरपरिचित स्टार्टअप कम्पनीहरु टुटल, हात्तीहात्ती, पिक एण्डड्रप, प्याड टु गो र स्विट फिक्स तथा लगानीकर्ता कम्पनीहरु डोल्मा इम्प्याक्ट फण्ड र बिजनेस अक्सिजनलेसहभागीता जनाएका थिए । कार्यक्रममा स्टाण्डर्ड चार्टर्ड बैंक र किङ्स कलेज काठमाडौंका वक्ताहरुको पनिउपस्थिति थियो ।
यस अघि दाङ, सर्लाही र सुनसरी जिल्लाका विद्यालय लगायत नेपालका विभिन्न स्थानमा ‘प्रि–इभेन्टएक्टिभेसन क्याम्प’ को संचालन गरिएको थियो । सो क्याम्पको संचालन पश्चात ८० जना युवा उद्यमीहरुलेइन्क्युबेशन र मेन्टरशिप मोड्युलका लागि निवेदन दिएकोमा ती मध्ये २० जनालाई छनौट गरी वित्त, प्रशासन, कानून, लगानी तत्परता, विक्री, मार्केटिङ जस्ता विषयमा फेब्रुवरी र मार्च महिनामा प्रशिक्षण दिइएको थियो ।प्रशिक्षण लिएका २० जना उद्यमीशील युवाहरु अहिले शिक्षा, सामाजिक उद्यम, यात्रा र अथिति सत्कारकाक्षेत्रमा कार्यरत रहेका छन् । गत मार्च महिनामा आइडिया अडिसनको आयोजना गरिएकोमा जसमा सहभागी२० जना युवा उद्यमीमध्ये चार जनालाई छनौट गरिएको थियो । छनौट भएका यी चार जना उद्यमीले कन्क्लेभमालगानीका लागि अपिल गर्न सक्ने छन ।
काठमाडौंका विश्वविद्यालय तथा कलेजमा अध्ययनरत विज्ञान, इन्जिनियरिङ, व्यवस्थापन र मानविकीसंकायका विद्यार्थीहरु सहभागीका रुपमा रहनेछन् । तीन दिनको अवधिमा सहभागीहरुले आ–आफ्नो टोलीबनाई विभिन्न विषयमा विचार मन्थन गर्ने, एक आपसमा सहकार्य गरी फिल्डवर्कमा सहभागी हुने र माथिउल्लिखित चारवटा विषयमा पहिचान गरिएका समस्याहरुको समाधान आ–आफ्नो हिसाबले प्रस्तुत गर्नेछन् ।भारत र नेपालका युवा उद्यमीलाई अझ नजिक ल्याई आकांक्षा र महत्वकांक्षालाई उपलब्धिसँग जोडी भारत रनेपालमा आर्थिक उन्नति तथा विकासका नयाँ ढोका खोल्नु कनेक्ट इनको तेस्रो संस्करणको उद्देश्य रहेको छ।





















