
पोखरा भ्यूज
पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले आजाका मितिसम्म कार्यान्वयनमा नहुने योजनाहरु सरेण्डर गर्न आग्रह गरेका छन । अर्थ मन्त्रालयले विहिबार मन्त्रालयमै आयोजना गरेको प्रदेशका सचिवहरु बिचको छलफल कार्यक्रम वोल्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन ।
कार्यान्वयन हुन नसक्ने आयोजना यही चैत भित्र समर्पण गर्न, नयाँ योजना प्रस्ताव नगर्न, कार्यान्वयन नहुने योजनाहरु तत्काल समर्पण गर्न, सिमिति श्रोत साधनका बाबजुत अधिकत्तम श्रोत साधनबाट बजेट कार्यान्वयन गर्न मन्त्री बरालले सचिवहरुलाई निर्देशन दिएका छन । अर्थ मन्त्रालयमा बजेटको चाप निकै बढेकोले अहिलेको अबस्थामा रकमान्तर र कुनै नयाँ योजनाहरु कायौन्वयन हुन अबस्था नभएको उनले बताए । रकम अभाव, सवारी साधनको माग कर्मचारी लगायतको अभाव भएको सचिवहरुले मन्त्री समक्ष जानकारी गराएका थिए ।
आर्थिक बर्ष २०७९/८० को लागि बजेट सिलिङ सम्बन्धि छलफल यही चैत १६ देखि २३ गतेसम्म हुने भएको अर्थ मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बताए । कार्यक्रममा प्रदेशका १२ मन्त्रालयका सचिवहरुको सहभागिता रहेको थियो ।







सम्बन्धित खवर
















