
पोखरा भ्यूज
पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले ज्येष्ठ नागरिक देशका गहना भएको बताउनु भएको छ । पोखरा बृद्धाश्रमले शुक्रबार कास्कीको माछापुच्छ्े गाउँपालिका ६ स्थित बराह माबिमा आयोजना गरेको ज्येष्ठ नागरिकको ज्ञान, शिप र अनुभव पुस्तान्तरण कार्यक्रममा वोल्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।
ज्येष्ठ नागरिक अनुभवी, ज्ञानको भण्डार, पुस्तकालय नै जस्तै भएको मन्त्री बरालको भनाई थियो । ज्येष्ठ नागरिकको अनुभवलाई रक्षा गर्नु आजको आवश्यकता भएको बताउदै मन्त्री बरालले पछिल्लो समयमा मानवमा गरिने मान सम्मान हराउदै गएकोमा चिन्त्ता व्यक्त गर्नु भयो । सानालाई माया र ठुलालाई आदर सत्कार गर्नुपर्ने तर सम्मान गर्ने नाममा दास बनाउन भने नहुने उहाँको भनाई थियो ।
बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष टेकनाथ गौतमको अध्यक्षतामा सम्पन्न भएको उद्घाटनसत्रमा बिद्यालका प्रध्यानाध्यापक मिनराज अधिकारी, प्रशिक्षक डा. अनिल थापा लगायतले वोल्नु भएको पोखरा बृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले बताउनु भयो । कार्यक्रममा बिद्यालयका प्लस टु का बिद्यार्थी र ज्येष्ठ नागरिकहरु बिच पुस्तान्तरण अनुभव साटसाट भएको थियो ।














