
पोखरा भ्यूज
पोखरा । निर्माण व्यवसायी संघ कास्कीको २८औं साधारण सभा एवं १५औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।शनिवार सम्पन्न अधिवेशनले लोकतांत्रिक समूहका लिलकाजी गुरूङलाई अध्यक्षतामा निर्वाचित गरेको छ ।गुरूङले प्रगतिशिल समूहका उम्मेद्वार रामराज अधिकारीलाई २६ मतले पराजित गरेका हुन । गुरूङले १९२ मतपाँउदा अधिकारीले १६६ मत प्राप्त गरेका थिए । त्यस्तै बरिष्ठ उपाध्यक्षमा प्रगतिशिलका सुवर्ण श्रेष्ठलेलोकतांत्रिक समूहका प्रेम पहारीलाई पराजित गरेका छन । श्रेष्ठले १९० मत प्राप्त गर्दा प्रतिस्पर्धी प्रेम पहारीले१६७ मत पाएका थिए ।
यसैगरी संघका उपाध्यक्षमा कृष्णचन्द्र बराल १८५, सचिवमा ई. शिरीष बास्तोला १९४, सह–सचिवमा कृष्णढकाल २०२, कोषाध्यक्षमा उत्तम सिग्देल १९२ र सह– कोषाध्यक्षमा धुर्व भट्टराई १७९ मत प्राप्त गरी निर्वाचितभएका छन ।
यी मध्ये ढकाल र सिग्देल प्रगतिशिल समूहका उम्मेद्वार रहेका थिए ।
अधिवेशनले संघको सदस्यहरूमा डम्बरराज ढकाल, होमनाथ ढकाल, ई. दिपक सुवेदी, सुमन कुमार श्रेष्ठ, कृष्ण हरि तिमिल्सिना र प्रकाश बराललाई निर्वाचित गरेको छ । सदस्यमा पनि सुवेदी र बराल प्रगतिशिलसमूहका रहेका छन । निर्वाचनमा लोकतान्त्रिक समूहबाट निर्वाचित सदस्य डम्बरराज ढकालले सर्वाधिक मत२१६ प्राप्त गरेका छन ।
निर्वाचन पश्चात नवनिर्वाचित अध्यक्ष लिलकाजी गुरूङले निर्माण ब्यवसायको साख जोगाउन सवै लाग्नुपर्नेभन्दै पेशागत शुरक्षा र ईमान्दारिताका साथ जिम्मेवार बनेर अघि बढ्न सवैलाई आग्रह गर्दै मुलुकले चाहेकोबिकास र संबृद्धिको सपना साकार पार्न निर्माण व्यवसायीहरूको ठुलो भुमिका हुने भएकाले ईमान्दारितापुर्वकबिकास निर्माण र पेशागत हक हितका लागि प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन ।






सम्बन्धित खवर
















