360Shares

पोखरा भ्यूज
पोखरा । सोमबार विहान ठीक ८ बजे ग १ झ ५९९ नम्बरको झण्डावाला गाडी पोखरा १६ स्थित जोगीमणि चोकमा पुगेपछि टक्क अडियो । गाडीबाट गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्का ओर्लिन मात्र के लागेका थिए, झ्याप्पै घन्कियो पञ्जेबाजाका साथमा गडगहाड ताली ।

तुम्केस्थित नमूना खेल मैदान उद्घाटन गर्न आएका मन्त्री खड्का चढेको गाडी पछिपछि प्रदेश सरकारकै कानून, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापा चढेको झण्डावाल गाडी ग१ झ ५६३ पनि त्यही आएर थचच्क्क रोकियो । र, गाडीबाट मन्त्री थापाका पनि ओर्लिए । त्यहाँ उनको पनि उस्तै गरी स्वागत गरियो ।

जोगीमणि चोकमा भेला भएका गण्डकी प्रदेश खेलकूद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ, पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्य, विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ता समेतका अतिथिहरुलाई तामझामका साथ पच्चेबाजाले स्वागत गर्दै जोगीमणिदेखि तुम्केस्थित नमुना खेल मैदानसम्म हिंडाएर लगियो । जोगीमणिदेखि चुम्केस्थित नमूना खेल मैदान पुग्ने सडकको दायाँबायाँ पानी भरिएका तामाका गाग्री सजिएका थिए ।

जोगीमणिदेखि कार्यक्रमस्थलसम्म पुग्दाको वातारण भने निकै रोचक देखिएको थियो । ठूलो जनसागरसहित मन्त्रीद्वय समेतका अतिथिहरु पैदल हिंडेर कार्यक्रमस्थल पुगेका थिए ।
नमूना खेलमैदानमा निर्मित झकिझकाउ मञ्चमा पुगेर मन्त्री खड्काले खेलमैदानको उद्घाटन गरे । उनले विकासका दृष्टिले पछि परेको पोखरा १६ को पूर्वाधार विकासमा आफ्नो विशेष चासो रहेको सुनाए ।

‘चुनावमा नेपाली काँग्रेसलाई मत माग्नका लागि विकास बजेट विनियोजन गरेको होइन । विकासका दृष्टिले पछि परेकाले पोखरामा १६ मा बजेट विनियोजन गर्दा सामाजिक सञ्जालमा कसैले रोइलो गाउनु पर्दैन,’ उनले भने । मन्त्री खड्काले गण्डकी प्रदेशमा ७ वटा मेगा परियोजना सञ्चालन भएको अवस्थामा कास्की २ पनि त्यस्तो परियोजना सञ्चालन गर्नेबारे गृहकार्य भइरहेको खुलासा गरे । ‘प्रदेश सरकारमा कास्की २ का २ मन्त्री (मा. विन्दू थापा समेत) छौ, हामी दुवै मन्त्रीले यस क्षेत्रमा मेगा प्रोजेक्टका लागि पहल गरिरहेका छौ,’ उनले थपे ।

कानून, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दु कुमार थापाले जनचाहना बमोजिम विकास गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताए । उनले प्राथमिकताका आधारमा बजेट विनियोजन गरी पोखरा १६ को पूर्वाधार विकासमा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
गण्डकी खेलकूद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले खेलका माध्यबाट स्वस्थ्य हुन आग्रह गर्दै खेल जीवनले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए । उनले परिषद्ले भलिवल खेल लगायतका खेल प्रक्षिशकको खटाएर अर्मलामा खेलाडी उत्पादन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले आफ्नो ५ वर्षे कार्यकाल सकिनै लागेको चर्चा गर्दै नयाँ वडाध्यक्षलाई स्वागत गर्न आतुर रहेको बताए । उनले आफू पुनः वडाध्यक्षको चुनाव नलड्ने घोषणा गर्दै अवसर मिले प्रदेश सांसद लड्ने तयारीमा रहेको दावी गरे ।

‘विहान १० देखि ५ बजेसम्म कार्यालयमा खटिएर जनताको सेवा गर्न निकै गा¥हो हुँदो रहेछ । बरु सांसद पद सजिलो जस्तो पो लाग्न थालेको छ । अब आउने नयाँ वडाध्यक्षलाई माला लगाएर बिदा हुन्छु’ उनले भने ।

तुम्कै क्लबका अध्यक्ष मिनबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राधाकृष्ण गुरुङ, सचिव मनबहादुर गुरुङ (उदिम) लगायतले सामाजिक विकास निर्माणका गतिविधिबारे चर्चा गरेका थिए । कार्यक्रममा विविधि साँस्कृतिका कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

वडा कार्यालयबाट रुं २ लाख विनियोजन भएपछि निर्माण कार्य आरम्भ भएको नमूना खेल मैदानका लागि गण्डकी प्रदेश सरकारले दश लाख रुपियाँ विनियोजन गरिदिए पछि खैल मैदानले पूर्णता पाएको क्लबका अध्यक्ष मिन गुरुङले बताए ।

360Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected