28Shares

पोखरा भ्यूज
पोखरा । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले बुधबार पच्चिसौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७७/७८ मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारेका थिए । उनले चालू आर्थिक वर्षमा संस्थाले संचालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले संचालन गर्ने कार्यक्रम तथा योजनाहरुहरुबारे जानकारी दिएका थिए । साधारण सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञाशाहरुको जवाफ दिदै अध्यक्ष महर्जनले संस्था अपेक्षित रुपले प्रगतिपथमा लम्किरहेको जानकारी गराए । उनले शेयरधनीहरुबाट प्राप्त सल्लाह तथा सुझावहरुको सराहना गर्दै आगामी दिनहरुमा यस्ता सुझावहरुको कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरेका छन ।
साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै साधारण सभाले आर्थिक वर्ष २०७७/७८को वित्तीय अवस्थाको विवरण, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७८/७९का निम्ति बाह्य लेखापरीक्षकका रुपमा रन्जीव एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । साथै संस्थाको साधारण सभाले मर्जर तथा एक्वीजिशनका निम्ति बैक तथा वित्तीय संस्थाहरुबाट उपयुक्त प्रस्ताव प्राप्त भएमा सो सम्बन्धी सम्पूर्ण प्रकृया पुरा गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको छ ।
वित्तीय संस्थाले हाल सोह्रवटा शाखा कार्यालय तथा पाँचवटा एक्सटेन्सन काउन्टरहरु मार्फत आफ्ना सेवाहरु प्रवाह गरिरहेको छ । साथै संस्थाले चालू आर्थिक वर्षमा पनि व्यवसाय तथा कार्यक्षेत्र विस्तार गर्ने क्रममा थप शाखा तथा एक्सटेन्सन काउन्टरहरु स्थापना गरी प्रविधिमा आधारित आधुनिक वित्तीय सेवा प्रवाह गर्ने योजना बनाएको छ ।

28Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected