38Shares

पोखरा भ्यूज

पोखरा । भारतीय राजदूतावासले काठमाडौंमा ५७औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । नेपाल सरकार शिक्षा मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतित्थ्य्ता सम्पन्न कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको विशेष अतिथिको रुपमा उपस्थित रहेको थियो ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कार्यक्रमको शुभारम्भ गर्दै भारतका विभिन्न प्रतिष्ठित संस्थानहरुबाट उच्च शिक्षा तथा प्रशिक्षण लिएका आइटेकका पूर्व विद्यार्थीहरुलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री पौडेलले कोभिड१९ महामारीको समयमा पनि नेपाली आइटेक विद्यार्थीहरुको निरन्तरतालाई सुनिश्चित गर्दै आइटेक कोर्षमार्फत निबार्ध रूपमा प्रशिक्षण प्रदान गर्न भारतीय राजदूतावासले चालेका प्रयासहरुको मन्त्री देवेन्द्र पौडेलले प्रशंसा गरेका थिए 

राजदूत क्वात्राले कार्यक्रमका विशेष अतिथि नेपालका प्रधानसेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रभुराम शर्मा र आइटेकका वरिष्ठ अलम्नाइ तथा जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. राम केवल साहलाई राष्ट्रप्रति गरेको उल्लेखनीय सेवा  प्राप्त गरेको उपलब्धिको कदर गर्दै सो अवसरमा सम्मान गरिएको थियो  ​

नेपाली सेनाका अवकास प्राप्त अधिकृत जलस्रोत तथा उर्जा आयोगका सचिव दिनेश कुमार घिमिरे लगायतका आइटेक अलम्नाइहरुले लगाएतले भारतका विभिन्न संस्थानहरुमा तालिम लिँदाका दिनहरुको सम्झना गरेका थिए 

राजदूत क्वात्राले आइटेक अन्तर्गतका विभिन्न प्रशिक्षण कार्यक्रहरुमा नेपाल सबैभन्दा बढी सक्रिय रुपमा सहभागी हुने तथा प्रशिक्षण प्राप्त गर्ने मुलुक रहेको बताए  स्थापना भएको ५७ वर्ष अवधिमा आइटेक अन्तर्गतका कार्यक्रमहरुबाट विश्वभरका दुई लाखभन्दा बढ़ी मानिसहरु लाभान्वित भएका छन् त्यस्तै विगत १५ वर्षदेखि नेपालका विशेष आवश्यकताहरु पूरा गर्न विशेष तवरले बनाइएका विशेष आइटेककोर्ष अन्तर्गत हजारौं नेपाली नागरिकहरुलाई प्रशिक्षण दिइएको

38Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected