18Shares

पोखरा भ्यूज

पोखरा /भारत सरकारद्धारा नेपालका विभिन्न तिन परियोजनामा आर्थिक सहयोग गर्ने समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । दार्चुला जिल्लामा विद्यालय तथा स्वास्थ्य चौकी भवन र धादिङ् जिल्लामा सिँचाइ परियोजनाको निर्माणका लागि भारत सरकारले ७ करोड ८ लाख आर्थिक सहयोग गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
जनविकास माध्यमिक विद्यालय, इरकोट स्वास्थ्य चौकी भवन र महेशफाँट सिँचाइ परियोजनाको निर्माणका लागि भारतीय राजदूतावास तथा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् क्रमशः दुहँुु गाउँपालिका, दार्चुला, नौगाड गाउँपालिका, दार्चुला र गल्छी गाउँपालिका, धादिङ्काबीच तीनवटा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको होे । भारत सरकारको आर्थिक सहयोगमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत निर्माण हुन लागेका हुन् ।
जनविकास माध्यमिक विद्यालयको लागि ३ करोड ३७ लाख, इरकोट स्वास्थ्य चौकी भवनको लागि २ करोड ५३ लाख, महेशफाँट सिँचाई परियोजनाको लागि १ करोड १७ लाख लागतमा निर्माण सम्पन्न गरिने भारतीय राजदूतावास, काठमाडौले जनाएको छ ।
यी परियोजनाहरुको निर्माणले स्थानीय बासिन्दाहरुलाई राम्रो शिक्षा र राम्रो स्वास्थ्य सेवा सुविधा प्रदान गर्नुका साथै कृषि र बाली उत्पादन बढाउन स्थानीय किसानहरुलाई मद्दत गर्नेछ । यसबाट स्थानीयहरुलाई जीवन निर्वाह गर्न सजिलो हुनुका साथै उनीहरुको आर्थिक स्थितिमा पनि सुधार आउने विस्वास राजदुताबासले लिएको छ ।
नेपालका सातैवटा प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक संरचनाहरुको निमार्ण जस्ता विविध क्षेत्रहरुमा सन् २००३ यता भारतले ५२४ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । त्यसमध्ये दार्चुला जिल्लामा ६ वटा परियोजनासहित प्रदेश ७ मा ३२ वटा परियोजनाहरुलाई अघि बढाइएको छ भने धादिङ् जिल्लामा ३ वटा परियोजनासहित प्रदेश ३ मा १०२ वटा परियोजनाहरुलाई अघि बढाइएको छ । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक तथा बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नितका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

 

18Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected