२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबरखेलकुद

नवौं राष्ट्रिय खेलकुदका लागि तयारी स्वरुप सुझाव संकलन

पोखरा भ्यूज
पोखरा, ३ वैशाख । नेपाल सरकारले आगामी जेठ २२ देखि २८ सम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा संगै प्रदेश खेलकुद परिषदले तयारी स्वरुप सुझाव संकलन गर्न सुरुवात गरेको छ ।

राष्ट्रिय खेलकुदको तयारीका लागि भोली (आइतबार) राष्ट्रिय खेलकुद परिषदले काठमाडौंमा सातै प्रदेशका सदस्य सचिव सम्मिलित बैठकको आह्वान गरे संगै प्रदेश खेलकुदले सुझाव संकलन गरेको हो । पोखरा रंगशालामा आयोजित एक कार्यक्रममा प्रदेश खेलकुदका सदस्य सचिव तेज बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदको तयारी स्वरुप राखेपमा हुने बैठकमा आयोजक प्रदेशको रुपमा उठाउनु पर्ने विषयमा सुझाव संकलन गरिएको बताए । उनले भने–“यो हाम्रो सानो र छरितो कार्यक्रम थियो, हामी आयोजक प्रदेशको नाताले के कस्ता विषय बैठकमा प्रस्तुत गर्ने भन्ने विषयमा विशेष ध्यान केन्द्रित गरेका छौं ।”

गण्डकी प्रदेशको राजधानी पोखरामा करिव ३९ वर्ष पछि हुने राष्ट्रिय खेलकुद हुने भए संगै क्षेत्रिय खेलकुद मार्फत प्रदेशका ११ वटै जिल्लामा कम्तिमा एक खेलको प्रस्तावना सहित अघि बढेको राखेपका सदस्य राजेश कुमार गुरुङले बताए । उनले राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार र त्यसको स्तरोन्नती अहिलेका लागि महत्वपूर्ण विषय रहेको बताउँदै कम्तिमा ३६ वटा खेलहरु प्रस्तावका रुपमा अघि सारिएको उल्लेख गरे ।

राखेपका पूर्व सदस्य एवम अग्रज खेलाडी खड्ग बहादुर रानाभाटले यो अवसरलाई चुनौतीका रुपमा ग्रहण गर्दै ३९ वर्ष पछिको इतिहास दोहो¥याउने जिम्मा पोखरेलीहरुको काँधमा आएको बताए । त्यस्तै नेपाल भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले राष्ट्रिय खेलकुद आयोजनाको हिसावमा छोटो समय भए पनि यसलाई सफल बनाउन प्रदेशवासीहरु एकजुट हुनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा भनाई राख्दै प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङले सरकारले गरेको निर्णय स्वागत योग्य रहेको बताउँदै प्रदेश खेलकुद र राष्ट्रिय खेलकुद परिषद विच रहेका विभिन्न प्रशासनिक झञ्झटहरुबाट मुक्त हुनुपर्ने उल्लेख गरे ।

स्मरणिय के छ भने क्षेत्रिय खेलकुदले नवौं राष्ट्रिय खेलकुदका लागि खेलकुद पूर्वाधार स्तरोन्नतीका लागि करिव १७ करोड प्रस्ताव गरेको छ । त्यस संगै राष्ट्रिय खेलकुद आयोजना हुनुपूर्व ७७ जिल्ला र सातै प्रदेशमा खेलाडी छनौटका प्रतियोगिता संगै बन्द प्रशिक्षण लगायतका कार्यक्रमहरु समेतलाई अघि बढाउनुपर्ने वाध्यता समेत रहेको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…