2Shares

पोखरा भ्यूज

पोखरा । नेपाल वितरक महासंघको अध्यक्षमा पोखराका हरिराज पन्त निर्वाचित भएका छन् । शुक्रबार रशनिबार पोखरामा सम्पन्न १०औं साधारणसभा एवं पाँचौं अधिवेशनले पन्तको नेतृत्वमा सर्वसम्मत २१ सदस्यीयनयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

महासंघको उपाध्यक्षमा टंकप्रसाद खनाल, दुर्गाप्रसाद गौतम, विजयकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।महासचिवमा राजकुमार श्रेष्ठ, सचिवमा कृष्णराज श्रेष्ठ, कोषाध्यक्षमा तेजेन्द्र पौडेल निर्वाचित भएका छन ।

त्यस्तै, सदस्यमा अच्युत ढकाल, कुलानन्द पोखरेल, शिव खनाल, मदनराज न्यौपाने, कृष्णप्रसाद शर्मा, सुजनकुमार श्रेष्ठ, राजकुमार गिरी, दामोदर पाठक, दिलीपकुमार श्रेष्ठ, रविकुमार सापकोटा, इश्वरप्रसाद दुवेदी, कृष्णप्रसाद अर्याल र राजेश खनाल छ । निबर्तमान अध्यक्ष सुरेश अधिकारी पदेन सदस्य रहनेछन् ।

नवनिर्वाचित अध्यक्ष पन्तले संघलाई निश्चित गन्तव्यमा पुर्रयाउन र व्यवसायीको हक़ हितको संरक्षण गर्न आफुर आफ़नो टिम लागि पर्ने बताए ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected