15Shares

पोखरा भ्यूज

पोखरा । पर्यटकीय क्षेत्र पोखरा २२ को पुम्दीकोटमा जारी महायज्ञमा ८४ लाख रुपैया संकलन भएको पुम्दीकोटकोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्तर्गत बुधबारसम्म ८४ लाख रुपैया संकलन भएको महायज्ञका आर्थिक उपसमिति सदस्य भवनराज बरालले बताए

महायज्ञको चौथो दिन करिब लाख रुपैया मात्र संकलन भएको समितिले जनाएको बुधबार महायज्ञमा पोखरा २२ की रमा बरालबाट लाख ५१ हजार प्राप्त भएको त्यसै गरी पोखरा २२ कै तोया देवि बरालबाट ५० हजार ५५, स्थानिय लक्ष्मी प्रसाद बरालबाट ५० हजार रुपैया प्राप्त भएको आर्थिक उपसमिति सदस्य बरालले बताए

महायज्ञमा मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहेका छन्। पोखराको पार्दीविरौटा(बराल फिड) देखि पुम्दीकोटसम्म जाने बसको व्यबस्था गरिएको समितिका उपाध्यक्ष हिमलाल बरालले बताए बिहानः ९ः३० बजे, १०ः०० बजे, १०ः५० बजे, ११ः२० बजे, १२ः०० बजे १२ः४० बजे पोखराको पार्दीदेखि बस छुट्ने यातायात व्यबस्थापन उपसमिति संयोजक भानुभक्त बरालले बताए त्यसै गरी पुम्दीकोट देखिपोखरा पार्दीसम्म दिउँसो २ः०० बजे, ३ः०० बजे, ४ः०० बजे अन्तिम बस ५ः०० बजे छुट्ने भएको

दाताहरुलाई महायज्ञ स्थलमा पन्चे बाजागाँजा सहित भजन चुड्काको साथमा अभिनन्दन सहित सम्मान गर्नेगरिएको आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताए   महायज्ञमा बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म कथा प्रबर्चन, झाँकी प्रर्दशन हुने गरेको उनले जनाए

बिशाल महादेवको मुर्ति परिमार्जीत परियोजना अन्तर्गत सुमेरु पर्वत नामाकरण गरी कुमार, पार्वतीको मुर्तिस्थापना गर्ने, भुमेश्वर महादेव देखि सुमेरु पर्वतसम्म बिद्युतीय चियर कार निर्माण गर्ने, गृनरी पार्क निर्माण गर्ने, व्यबस्थित पार्किङ स्थल निर्माण गर्ने लगायतका परियोजना रहेको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । ४० करोडको उक्त परियोजना अन्तर्गत करिब ५० प्रतिशत काम सकिदा करिब २० करोड लगानी भएको उनले जनाए   उक्त महायज्ञमा पोखरा पोखरा आसपासका आमा समुह तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरु उत्साहजनक रुपमा सहभागि हुने गरेको समितिले जनाएको      

15Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected