
पोखरा भ्यूज
पोखरा । कास्की जिल्ला फुटवल संघको ७ औं अधिवेसनले उज्वल रञ्जितको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचितभएको छ । बुधबार पोखरामा सम्पन्न भएको उक्त अधिवेसनले आगामी ४ बर्षको लागि रञ्जितको अध्यक्षमा१५ सदस्य समिति निर्वाचित गरेको हो ।
दोश्रो चरणमा भएको मतदानबाट रञ्जितले १४ मत र उनका निकटतम प्रतिद्धन्दी विनोद गुरुङले ७ मत प्राप्तगरेका थिए भने एक भोट नो भोट (खाली) भएको थियो ।
त्यसै गरी उपाध्यक्षमा जगत बहादुर थापा, नर प्रसाद गुरुङ र सुरेन गुरुङ सर्वसम्वत चयन भएका हुन्। नवनिर्वाचित समितिको पहिलो बैठकले एन्फा कास्कीको उपाध्यक्षमा दुई जनालाई मनोनित गरेको छ । मनोनितपर्नेहरुमा खेमराज बराल (पुष्प) र बिष्णु कुमार गुरुङ रहेका छन्। त्ससै गरी कोषाध्यक्षमा हितमान गुरुङलाईमनोनित गरेको हो ।
त्यसै गरी एक महिला सहित ११ सदस्य सर्वसम्वत रुपमा चयन भएको छ । सदस्यहरुमा शोभा बानिया(महिला), सुनिल गायक, राजेस त्रिपाठी, सन्तोष कार्की, विकास गुरुङ, योगेश गुरुङ, हितमान गुरुङ, विकासगुरुङ, सुविन श्रेष्ठ, ओम गुरुङ, टंक प्रसाद गुरुङ रहेका छन्। उनीहरुलाई अधिवक्ता बरालले सपथग्रहणगराएका थिए । पहिलो चरणको निर्वाचनमा अध्यक्ष रन्जितले ९, विनोद गुरुङले ७ र नविन पुनले ५ मतल्याएका थिए भने एक मत नो भोट(खाली) भएको थियो । एन्फा कास्कीमा २२ मत रहेको थियो ।
निर्वाचन कमिटिका संयोजकमा अधिवक्ता केशवराज बराल रहनु भएको थियो भने अन्य सदस्यमा अधिवक्ताबाबुराम अर्याल, प्रमिता पराजुली, नेपाल खेलकुद पत्रकार मंच गण्डकीका अध्यक्ष दीननाथ बराल रहेका थिए।
यस अघि उक्त कार्यक्रमको उद्घाटन गर्दै एन्फा कास्कीका संस्थापक अध्यक्ष महेश गुरुङले मिलन गुरुङकोनेतृत्वले केही राम्रो काम गरेकोले आगामी दिनमा थप प्रभावकारी कार्यक्रम गर्नुपर्ने बताउनु भयो । पोखरामाफुटवलको धेरै सम्भावना भए पनि पछिल्लो समयमा केही सुस्ताएको उहाँले गुनासो समेत गर्नु भयो ।
एन्फा कास्कीका पूर्व अध्यक्ष खेम बहादुर गुरुङले पोखरामा कम्तिमा पनि एक करोड मुल्य बराबरको फुटवलप्रतियोगिता संचालन गर्नुपर्ने बताउनु भयो । हालसम्म करिब ३२ जिल्लामा एन्फाको अधिवेशन सम्पन्न भएकोएन्फाका केन्द्रिय उपाध्यक्ष कृष्ण थापाले बताउनु भयो ।
एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले पोखराको फुटवल मैदान आर्टिफिसियल बनाउन केहीले कमिसनकोकुरा समेत गरेको खुलसा गरे । आफ्नै जोडबलमा मैदानमा दुवो रोपिएको उहाँको भनाई थियो । कार्यक्रममामहासचिव रमेश कार्की, प्रितम गुरुङ लगायतले वोलेका थिए ।





















