
पोखरा भ्यूज
पोखरा । नेपाली काँग्रेस हात्तिढुङ्गा मार्ग टोल कार्यसमितिको सभापतिमा रामबहादुर परियार निर्विरोध निर्वाचित भएका छन् । नेपाली काँग्रेस पोखरा १६ ले शनिबार साँझ आयोजित भेलाले परियारको नेतृत्वमा २१ सदस्यीय टोल कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
यसअघि भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मदन बस्नेतले नवगठित टोल कार्यसमिति वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा जुट्न आग्रह गरे । उनले नेपाली काँग्रेस विकासको सम्वाह भएको भन्दै आफ्नो टोलका विकासका लागि प्राथमिकतामा आधारमा योजना छनौट गर्न समेत सुझाए ।
त्यस्तै अर्का महाधिवेशन प्रतिनिधि राधाकृष्ण गुरुङले नेपाली काँग्रेसले विभिन्न जात जातिका मुद्दालाई प्राथमिकतामा राखी सम्बोधन गर्दै आएको र दलित समुदायका मुद्दामा पनि नेपाली काँग्रेस सचेत रहेको बताए । उनले टोलटोलमा महिला, दलित तथा विपन्न परिवारका लागि आत्मनिर्भर बनाउने योजना सहित चुनावी प्रचार सहित नेपाली काँग्रेसका उमेद्वारको घरदैलो सञ्चालन गर्ने तयारीमा रहेको बताए ।

नेपाली काँग्रेस पोखरा १६ का उपसभापति मिनबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसकी क्षेत्रीय सदस्य ओममाया नेपाली, नेपाली काँग्रेस मैदान–संगमचोक टोल कार्यसमितिका सभापति रमेश गान्धी, तरुण नेता विक्रम बस्नेत, विश्व परियार लगायतका वक्ताहरुले आसन्न निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्दै विकास र समृद्धिका नारालाई कार्यन्वयन गर्न कटिबद्ध रहेको उद्घोष गरेका थिए ।








सम्बन्धित खवर
















