२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

कास्कीमा मंगलवार बिहानसम्म उम्मेदवारी दर्ता

पोखरा भ्यूज

पोखरा । निर्वाचन आयोगले दुई दिनसम्म उम्मेदवारी मनोनयनको समय राखिए पनि दोस्रो दिन राती अबेरसम्म उम्मेदवारी दर्ता गरिएको थियो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीका पाँचवटै पालिकामा उम्मेदवारी दर्ता १३ गते बिहानसम्म चलेको थियो ।
उम्मेदवारी दर्ताका लागि आइतबार र सोमबार दुई दिन समय राखिए पनि मंगलवार बिहानसम्म उम्मेदवारी दर्ता गरिएको थियो । भौगोलिक रुपमा देशकै ठूलो महानगरपालिका पोखरामा प्रमुख पदमा २३ जनाको उम्मेदवारी परेको छ ।
महानगरको प्रमुख पदका लागि उम्मेदवारी दिनेमा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका धनराज आचार्य छन भने नेकपा एमालेका कृष्ण थापा रहेका छन । अन्य प्रमुखका उम्मेदवारमा साना दलका साथै स्वतन्त्र उम्मेदवार रहेका छन । पोखराको उपप्रमुखमा गठबन्धनका तर्फबाट काँग्रेसका कोपिला रानाभाट र एमालेका मञ्जुदेवी गुरुङको उम्मेदवारी परेको छ ।


कास्कीका अन्य चार गाउँपालिका मध्ये अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका युवराज कुँवर र नेकपा एमालेका विष्णु केसीले उम्मेदवारी दिएका छन । उपाध्यक्षमा काँग्रेसका खेमकुमारी गुरुङ र एमालेका चन्द्रा अधिकारीको उम्मेदवारी छ । माछापुच्छ्रे अध्यक्षमा काँग्रेसका मीनबहादुर गुरुङ र एमालेका विक्रम गुरुङ तथा उपाध्यक्षमा काँग्रेसका सीता अधिकारी र एमालेका सीता तिवारीको उम्मेदवारी परेको छ ।
मादीमा अध्यक्षमा गठबन्धनका तर्फबाट काँग्रेसका देवीजंग गुरुङ र एमालेका महेन्द्र गुरुङ प्रतिष्पर्धा गर्दै गर्दैछन भने उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका लालबहादुर गुरुङ र एमालेका कल्पना गुरुङको उम्मेदवारी परेको छ ।
त्यस्तै रुपा गाउँपालिकामा काँग्रेसका गीमाया गुरुङ र एमालेका नवराज ओझाले उम्मेदवारी दर्ता गराएका छन । रुपाको उपाध्यक्षमा काँग्रेसका नारायण श्रेष्ठ र एमालेका लालसुव्वा गुरुङको उम्मेदवारी परेको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…