3Shares

पोखरा भ्यूज

पोखरा आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चहलपहल कास्कीमा पनि बढेको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार अभियानलाई तीव्र बनाएका छन्  

सोही क्रममा नेपाली कांग्रेस कास्की, अन्नपूर्ण गाउँपालिका समितिले पनि स्थानीय तह निर्वाचनका लागि निर्वाचन परिचालन समितिलाई बिस्तार गरेको

पालिका सभापति मनपति भण्डारीको संयोजकत्वमा उच्च स्तरीय निर्वाचन परिचालन समिति गठन गरिएको हो जस अनुसार उच्च स्तरिय कार्यसम्पादन समितिमा पालिका भित्र रहेका शीर्ष नेता महासमिति सदस्यद्वय आईबहादुर गुरुङ, दिपक गुरुङ, क्षेत्रिय सभापति मनोज गुरुङ, महाधिवेशन प्रतिनिधि पोषनाथ शर्मा, लोकतांत्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देबेन्द्र कुमार शेरचन नेपाली कांग्रेस गण्डकी प्रदेश प्रचार प्रसार समितिका सदस्य सचिव राज बहादुर गुरुङ रहेका छन

विभिन्न उपसमिति मध्ये तरुण तथा युवा परिचालन संयोजक बिकास गुरुङ सहसंयोजक दिल जिसी, महिला परिचालन उप समितिमा भगवती भण्डारी र लक्ष्मी गुरुङ, आदिबासी जनजाति परिचालन संयोजकमा राज बहादुर गुरुङ, नेबिसंघ परिचालन समितिमा बलराम पौडेल, मगर संघ परिचालन रण बहादुर पुन मगर रहेका छन

यसैगरी, दलित परिचालन संयोजकमा सह बहादुर बि , सहसंयोजक भरत बि उप संयोजकमा धनबहादुर बि , भुपु सैनिक परिचालन संयोजक हरि बहादुर क्षेत्री प्रेम बहादुर गुरुङ, बुद्दिजिबी परिचालन समितिमा यादबराज अधिकारी, शिक्षक समन्वय समिती ढकराज सुबेदी, खेम पुन, टंक प्रसाद देवकोटा (राजु) पुर्ण गुरुङ रहेका छन

अनुगमन समिती संयोजक मुक्तिराम अधिकारी प्रेम बहादुर गुरुङ, स्थानिय तह परिचालन समितिमा भरतजङ कुँवर, चित्र बहादुर गुरुङ भरत के सी, निबृत्त शिक्षक कर्मचारी समन्वय समिती मोहदत्त पोखरेल, विभिन्न सामाजिक संघ संस्था परिचालन संयोजकमा शुशिल भट्टचन, प्रचार सामाग्री ब्यवस्थापन समिती संयोजकमा शुक्रराज पौडेल रहेका छन

यस्तै, मिडिया समन्वय समितिको संयोजकमा नेपाल प्रेस यूनियनका गण्डकीका संयोजक टंकराज अधिकारी र यूनियनका गण्डकी प्रदेश पार्षद यज्ञराज पौडेल सहसंयोजक रहेका छन

उपसमितिमा आवश्यकता अनुसार अन्य सदस्यहरु समितीका संयोजकले थप गर्नसक्ने गरी जिम्मेवारी प्रदान गरिएको पालिका सभापति मनपति भण्डारीले जानकारी दिए

कांग्रेसका पालिका सभापति मनपति भण्डारीका अनुसार निर्वाचन केन्द्रित भएर गाउँगाउँमा चुनावी अभियान सञ्चालन भइरहेको उनले भने, ‘स्थानीय निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि प्रत्येक वडा, टोल घरमा पुग्ने अभियान सञ्चालन गरिएको देशका ठूला परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा भएको  अवको विकासको शृंखला पनि नेपाली कांग्रेसकै नेतृत्वमा जोड्नुपर्ने भएकाले अभियान सञ्चालन गरिएको हो

नेपाली कांग्रेसका तर्फबाट  पालिका अध्यक्षमा नेपाली काँग्रेसका युवा नेता  युवराज कुँवर र  उपाध्यक्षमा नेपाली कांग्रेसकी नेत्री खेमकुमारी गुरूङ उम्मेदवार रहेका छन । त्यसै वडाध्यक्षमा १ देख़ि ११ सम्म क्रमशः इन्द्रप्रसाद सुवेदी, पिताम्बर भण्डारी, डिल्लीराम पौडेल, आइन्दल गुरूङ, जिवनाथ पौडेल, नविन गुरूङ, कमल गुरूङ, विजय गुरूङ, वलबहादुर क्षेत्री, गौतम गुरूङ र ललित गुरूङ सहित खुल्ला, महिला र दलित सदस्य गरी ५७ जनाको उमेद्वारी रहेको छ ।

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected