13Shares

पोखरा भ्यूज

पोखरा । वैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको पाँच दलीय गठबन्धनको संयुक्त घोषणा पत्र सार्वजनिक भएको छ । विहिवार आयोजित एक समारोहमा पोखरा महानगरपालिकामा पाँच दलीय गठबन्धनले पाँच वर्षका लागि योजनासहित चुनावी घोषणापत्र सार्वजानिक गरेको हो  

‘समुन्नत पोखराको आधार : सवल अर्थतन्त्र पूर्वाधार’ नारासहित गठबन्धनले घोषणापत्र सार्वजनिक गर्दै पोखरालाई समुन्नत बनाउन सात वटा प्रस्थान विन्दु तय गर्दै त्यसको कार्यान्वयनको आधारसमेत घोषणापत्रमा समावेश गरिएको घोषणापत्र अनुसार महिनामा हजार बढिलाई रोजगार प्रदान गर्नेदेखि शुसासन कार्यान्वय गर्नेसम्मको विषय रहेका छन्

घोषणा पत्रमा प्राकृतिक स्रोत साधनको उपयोग शीर्षकमा जलाधार क्षेत्रको विस्तृत अध्ययन गरी संरक्षणपरियोजना सञ्चालन गर्ने भनिएको फेवाताल संरक्षण सौन्दर्यकरण परियोजना सुरू गर्ने ढल व्यवस्थाबाइपास ड्रेन बनाइ संरक्षण गर्ने भनेको

अंहकारी ओलीतन्त्रले स्थानीय तहदेखि केन्द्रसम्म रजगज गर्‍यो : धनराज

मेयरका उम्मेदवारी धनराज आचार्यले नयाँवर्षसंगै समुन्नत पोखरा महानगरको सपना योजना बोकेर स्थानीयतहको निर्वाचनमा पाँच दलिय गठवन्धनका साझा उम्मेदवारका साथ घरदैलोमा उभिएका उभिएको बताए 

उनले पोखराको आवश्यकता महसुस गरी साझा उम्मेदवार सहित आएको समृद्घिको सपना देखाउँदैझुक्काएर पाँच वर्ष खेर गएको बताए  ओली तन्त्रले देश खाएको उनको आरोप  कहिले पटक पटक  संसद विघटन गर्ने नाममा, दम्भ अंहकारी ओलीतन्त्रले स्थानीय तहदेखि केन्द्रसम्म रजगज गर्‍यो’ उनले भने ‘जनताको अपेक्षा हो सुशासन तर गाऊँमा सुशासन पसेन बरु भष्ट्राचारको दुलोबाट छिरेका मुसाहरुनै पछि आफूलाई सिहं हुँ भनी गर्जन थाले, बेथितिले जरा गाड्यो

त्यतिमात्र नभई महानगरको नेतृत्वले बिजुलीका तारहरु व्यवस्थित गर्ने, प्रमुख चोकहरुमा ट्राफिक लाइटकोव्यवस्था गर्ने, सार्वजनिक शौचालय बनाउने, वर्षौ देखि समस्याको रुपमा रहेको बसपार्क बनाउने, पार्किङ्गको ब्यवस्था गर्ने, फोहोर ढलको ब्यवस्था गर्ने, पर्यटन पूर्वाधार मा कार्य गर्ने, भष्ट्राचार नियन्त्रण गर्ने जस्ता योजनामा सिन्को भाँचेनन  वर्तमान महानगरको नेतृत्व यो रवैयाको विकल्प  निर्वाचन मार्फत दिनुपर्ने उनको भनाइ थियो  उनले पोखराको विकासको बारेमा बोल्दै ‘पोखरा महानगरपालिकाको समग्र विकास र समुन्नतिका लागि स्थानिय आवश्यकतालाई प्राथमिकतामा राख्दै वटा प्रस्थान  विन्दु तय गरेका छौ यसका लागि क्षेत्रगत योजना, प्राथमीकता प्रतिबद्घता, वटा  प्रतिबद्घता कार्यान्वयनका आधार कार्ययोजना सहित हामी प्रस्तुत भएका छौं ’ उनले आफु निर्वाचित भएर सपथ ग्रहण गरेकै दिन भेदभाव नगरी आमनागरिकलाई समान व्यवहार गर्ने प्र्रतिबद्धता व्यक्त समेत गरे  उनले पोखरालाई सम्मुनत बनाउन निजी कम्पनीहरुसंग समेत सहकार्य गरिनुपर्नेमा जोड दिए 

अबको महानगर कस्तो हुने भन्नेतर्फ गम्भिर रहँदै सबैभन्दा पहिला महानगरलाई डिजिटल महानगर बनाउने उनको भनाई रहेको  उनले फेवातालको विषयमा बोल्दै पाँच वर्ष कुनैपनि किसिमका विवाद आउनै नदिने स्पष्ट पारे  पर्यटकीय क्षेत्रमा २४ सै घण्टा सेवा दिदैँ पोखरालाई चलायमान बनाउने उनको चाहना रहेको पोखराको फेवातालमा मिसाइएको फोहोरलाई व्यवस्थापना गर्दै अन्यत्र नै स्थानान्तरण गरिनु आजको आवस्यकता रहेको पोखरालाई दीर्घकालिन विकास गर्नका लागि रिङरोडको खाँचो रहेको तत्कालै नसकिने हुँदा कार्यको थलानी आफ्नो कार्यकालमा गर्ने प्रतिबद्धता उनको  त्यतिमात्र होइन् लेखनाथमा ठुलो बसपार्क बनाउनेदेखी विमानस्थलबाट मुस्ताङचोकसम्म फास्ट ट्रयाक बनाउन सुरु गर्ने बताए 

न्यायिक समितिमा आउने मुद्धालाई अदालत जाने अवस्था आउन दिन्न : रानाभाट

पोखरा उपमेयरको आकांक्षी नेपाली कांग्रेसकी नेत्री कोपिला रानाभाटले उपप्रमुखलाई संवैधानिक रुपमा नै न्यायिक समितिको संयोजक दिएकाले आफुले त्यहाँ अन्यायमा परेकालाई न्याय दिलाउने बताईन । समितिमा आउने मुद्धा अदालतमा जाने स्थिति आउन नदिने प्रतिबद्धता समेत व्यक्त गरिन उपमेयरलाई संवैधानिक रुपमा नै न्यायिक समितिको संयोजक बनाउने अधिकार त्यहाँ आउने महिला, बालबालिका र जेष्ठ नागरिकका मुद्धाहरु अदालत जान दिने स्थिति आउन दिने छैन यो मेरो प्रतिबद्धता हो’ उनले भनिन,‘त्यो बाहेक पुर्वाधार विकासका अनुगमन पनि उपप्रमुखले नै हो गर्ने मलाई धनको लोभ छैन मसंग सबै केहि अपुग छैन् निश्वार्थ तरिकाले जनताको सेवामा लाग्नेछु

उनले गठबन्धन आजको आवश्यकता रहेको गठबन्धनलाई कसैले रोकेर नरोकिने बताईन  देश संकटमा गएपछि राष्ट्रियता जोगाउनका लागि विभिन्न पार्टीहरु एक भएको बताईन 

13Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected