
0Shares
नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने नेता तथा कार्यकर्तालाई निष्काशन गर्ने जनाएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा स्थानीय तहको निर्वाचनमा उम्मेदवारी फिर्ता नगर्ने उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता विधान बमोजिम स्वत: निष्काशित हुने उल्लेख छ ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकालागि उम्मेदवारी दिएकाहरुले आज बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने समय निर्वाचन आयोगले तोकेको छ ।
विज्ञप्तीमा विद्रोहीले दिएको उम्मेदवारी फिर्ता लिई पार्टीको आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न पनि अनुरोध गरिएको छ ।।
0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















