
सरकारले विज्ञापन क्षेत्रलाई नियमन गर्ने उद्देश्यले ‘विज्ञापन आचारसंहिता’ ल्याउने तयारी गरेको छ । विज्ञापन बोर्ड स्थापना भएको १ बर्ष पुरा भएको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा विज्ञापन क्षेत्रलाई थप स्वच्छ, पारदर्शी, जिम्मेवार र उत्तरदायी बनाउनका लागि आचारसंहिता ल्याउने तयारी गरिरहेको जानकारी दिइएको हो । विज्ञापन आचारसंहिताको मस्यौदामा कुनै पनि व्यक्ति, समुदाय वा संस्थाको ख्याल, सम्मान वा मर्यादा र सार्वजनिक हित, शिष्टाचार, नैतिकता र जनस्वास्थ्यमा आघात नपर्ने तथा आधिकारिकता पुष्टि हुनेगरी मात्र विज्ञापन प्रकाशन वा प्रसारण गर्नुपर्नर्ने उल्लेख गरिएको छ । कार्यक्रममा अप्रमाणित, भ्रामक, पर्याप्त जानकारीविना बनाइएका विज्ञापनलाई व्यवस्थित गर्नका लागि आचारसंहिता ल्याउन लागिएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले त्यस बखत बताउनुभयो । नेपाल विज्ञापन सङ्घ (आन) का वरिष्ठ उपाध्यक्ष नारायण श्रेष्ठले विज्ञापन वितरण सम्बन्धमा स्पष्ट नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।।






सम्बन्धित खवर
















