
- पोखरा भ्यूज
पोखरा । पोखरा १६ मा गठबन्धनमा रहेका दलहरूले आइतबार घट्टेकुना, पानी ट्याङ्की, कमीडाँडा, ओख्ले, खरिकुना, सिम्ले, छहरेपानी, लगायतका क्षेत्रमा घैरदैलो गरेका छन् । गठबन्धनमा रहेका दल नेपाली काँग्रेस , एकीकृत माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले वडाध्यक्षका प्रत्यासी अमृत शर्मा तिमिल्सिना समेतका उमेद्वारसहित घरदैलो गरेको प्रचारप्रसार उपसमितिका संयोजक शिवराज देवकोटाले जानकारी दिए ।
यद्यपि गठबन्धनको तर्फबाट महानगरपालिकाको मेयर र उपमेयरका प्रत्यासी उमेद्वार क्रमशः धनराज आचार्य र कोपिला रानाभाट भने सहभागी थिएनन् । घरदैलोमा मत माग्न पुगेका गठबन्धका उमेद्वारहरुलाई स्थानीय जनताले खानेपानी र पूर्वाधार विकासका जोड दिन सुझाएका थिए ।
घरदैलो कार्यक्रमपछि स्थानीय जोगीमणि चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वडाध्यक्षका प्रत्यासी उमेद्वार शर्माले पोखरा १६ लाई नमूना वडा बनाएर देखाउने प्रतिबद्धता व्यक्त गरे । ‘हामी जे गर्छौ, त्यही मात्र गर्ने गरी प्रस्तुत भएका छौ । गर्न नसकिने काम गर्छु भने र जनतालाई झूठठा आश्वासन दिनेको दिन समाप्त भएको छ,’ उनले भने । सोमबार गठबन्धनका दलहरुले के.आई.सिंहपुलबाट घरदैलो कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको निर्वाचन परिचालन समितिका सहसंयोजक मदन बस्नेतले जानकारी दिए ।
पोखरा १६ मा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षका प्रत्यासी अमृत शर्मा तिमिल्सिना, दलित महिला सदस्यमा ओममाया नेपाली, महिला सदस्यमा भगवती भट्टराई र खुल्ला सदस्यद्वय मीनबहादुर गुरुङ र निर्मल आचार्य प्रत्यासी छन् । काँग्रेसको नेतृत्वमा गठबन्धमा रहेका उमेद्वारमध्ये नेपाली र गुरुङ काँग्रेसको तर्फबाट प्रत्यासी भएका हुन् भने भट्टराई र आचार्य माओवादी केन्द्रका नेता हुन् ।
आउँदो वैशाख ३० गते देशभर एकै साथ स्थानीय तहको निर्वाचन हुँदैछ ।







सम्बन्धित खवर
















