269Shares

पोखरा भ्यूज
पोखरा । पोखरा १६ मा गठबन्धनमा रहेका दलहरूले शुक्रबार अर्मलाकोटबाट संयुक्तरुपमा गरेको शुरू गरेको घरदैलो कार्यक्रम दोस्रो दिन शनिबार थप तीव्र पारिएको प्रचारप्रसार उपसमितिका संयोजक शिवराज देवकोटाले जानकारी दिएका छन् ।

गठबन्धनमा रहेका दल नेपाली काँग्रेस र एकीकृत माओवादी केन्द्रले आफ्ना उमेद्वारसहित घरदैलो कार्यक्रममा पुग्दा जनसेवा र विकास नै आफूहरुको मुख्य ध्येय भएको बताएका छन् । उनीहरूले स्थानीय तहमा यसअघि निर्वाचित दलका जनप्रतिनिधहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेकाले गठबन्धनमा रहेका दलका उमेद्वारहरुलाई मतदान गर्न आग्रह गरेका थिए ।

मत माग्न पुगेका उमेद्वारहरुलाई स्थानीयले विकासका मागहरु अघि सारेका छन् । ‘स्थानीयले खानेपानी र पूर्वाधारका कार्यक्रमहरु जोडदार रुपमा अघि सारेका छन्, प्रचारप्रसार उपसमितिका संयोजक देवकोटाले भने । उनका अनुसार उमेद्वारहरुले शनिबार विहान स्थानीय कालीमूढाबाट शुरू गरेको घरदैलो माझकुना, चिरुवाढुङ्गा, सहेंला, घट्टेकुना पुगेर सकिएको थियो ।

घरदैलो कार्यक्रममा वडाध्यक्षका प्रत्यासी अमृत शर्मा तिमिल्सिना, दलित महिला सदस्यमा ओममाया नेपाली, महिला सदस्यमा भगवती भट्टराई र खुल्ला सदस्यद्वय मीनबहादुर गुरुङ र निर्मल आचार्य प्रत्यासी छन् । काँग्रेसको नेतृत्वमा गठबन्धमा रहेका उमेद्वारमध्ये नेपाली र गुरुङ काँग्रेसको तर्फबाट प्रत्यासी भएका हुन् भने भट्टराई र आचार्य माओवादी केन्द्रका नेता हुन् ।

269Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected