109Shares

पोखरा भ्यूज
पोखरा । पोखरा १६ मा गठबन्धनमा रहेका दलहरूको संयुक्त चुनावी प्रचारात्मक कार्यक्रम जारी छ । । शुक्रबारदेखि अर्मलाकोटबाट शुरू भएकोे घरदैलो कार्यक्रम सोमबार के.आईसिंपुल, जोगीमणि र शान्ति दिप क्षेत्र केन्द्रित रहेको प्रचारप्रसार उपसमितिका संयोजक शिवराज देवकोटाले जानकारी दिएका छन् ।

गठबन्धनमा रहेका दल नेपाली काँग्रेस, एकीकृत माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्ना साझा प्रत्यासी उमेद्वारलाई जनताका घरदैलोसम्म प्रस्तुत गर्दै गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरेका छन् । जनताका घरदैलोमा पुगेका उमेद्वारहरुले स्थानीय समस्या र आवश्यकताबारे सोधीखोजी गर्दै विकास र पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

घरदैलो कार्यक्रममा वडाध्यक्षका प्रत्यासी अमृत शर्मा तिमिल्सिना, दलित महिला सदस्यमा ओममाया नेपाली, महिला सदस्यमा भगवती भट्टराई र खुल्ला सदस्यद्वय मीनबहादुर गुरुङ र निर्मल आचार्य प्रत्यासी छन् । काँग्रेसको नेतृत्वमा गठबन्धमा रहेका उमेद्वारमध्ये नेपाली र गुरुङ काँग्रेसको तर्फबाट प्रत्यासी भएका हुन् भने भट्टराई र आचार्य माओवादी केन्द्रका नेता हुन् । यही वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ ।

109Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected