
पोखरा भ्यूज
पोखरा, २६ वैशाख । सत्ता गठबन्धनबाट पोखरा महागरका उम्मेदवारले विदेशमा रहेका नागरिकलाई देश फर्किन आग्रह गरेका छन् । साधन, स्रोत र अनेक सम्भावना रहेकाले पोखरामा रोजगारीका अनेक अवसर सिर्जना गर्न सकिने उनीहरुले बताए ।
उनले भने, ‘परिवर्तनको अनुभूति चाडै दिन्छौं, ६ महिनाभित्रै आहा पोखरा भन्ने अनुभूति दिलाउँछौं । कार्यकाल सकिँदा पोखरा आधुनिक अन्तर्राष्ट्रिय सहर बन्नेछ ।’
सोमबार पोखरा २७ मा भएको चुनावी सभामा मेयर उम्मेदवार धनराज आचार्यले भने, ‘अहिलेको नेतृत्वले लक्ष्य अनुरुपको सेवा दिएन ।
नेपाली कांग्रेसबाट गठबन्धनकी साझा उपमेयर कोपिला रानाभाटले घोषणापत्रका अघि सारिएका एजेन्डाहरु कार्यान्वयन गर्दै समृद्ध महानगर बनाउने प्रतिवद्धता गरिन् । उनले टोल टोलमा उत्पादन बढाउन आमा समूहहरुलाई उत्पादनका लागि बिउँपुजी दिने प्रवितद्धता गरिन् ।
महानगरमा पछि परेका वडाको विकासमा गठबन्धनले विशेष ध्यान दिने उनको वाचा छ । रानाभाटले भनिन्, ‘हामीलाई महानगरमा थपिएका वडाहरु ओझेलमा परेको अनुभव भएको छ । यस्तो अनुभूति हटाएर यहाँका बासिन्दालाई महानगरबासी भएको अनुभव गठबन्धनले दिलाउनेछ ।’
‘भनसुनबाट काम हुने, सिस्टममा नहुने, टेबुलमुनि हात नछिराई कामन नहुने खालका गुनासा पनि आएका छन् ।’ रानाभाटले भनिन् ‘गठबन्धनको नेतृत्व आएमा वडा र महानगरबाट हुने सबै काम सिस्टमबाट हुने व्यवस्था मिलाउनेछौं ।’ विजयपुर पारीको क्षेत्रलाई स्याटालाइट सिटीको रुपमा विकास गराउने प्रतिवद्धता समेत मेयर र उपमेयर दुवैले प्रतिबद्धता जनाएका छन् ।
विभिन्न स्थानमा सम्पन्न चुनावी सभा कार्यक्रममा नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष पदका उम्मेदवार नरेन्द्र थापा, वडा नं २७ का वडाध्यक्ष पदका उम्मेदवार पूर्णकुमार गुरुङ, वडा नं २९ का वडाध्यक्ष पदका उम्मेदवार सुदेव गुरुङले आ–आफ्नो चुनावी एजेण्डका बारेमा स्पष्ट पार्नुका साथै हरेक समय वडाबासीको सेवामा क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसैगरी वडा नं ३० का वडाध्यक्ष पदका उम्मेदवार दुर्गाप्रसाद सुवेदी, वडा नं ३२ का वडाध्यक्ष पदका उम्मेदवार अक्कलबहादुर कार्की र वडा नं ४ का वडाध्यक्ष पदका उम्मेदवार राजेन्द्रबहादुर सेन ठकुरीले पनि आफ्नो उम्मेदवारीका बारेमा स्पष्ट पार्दै वडाको विकासकासाथै वडाबासीको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने बताएका थिए ।







सम्बन्धित खवर
















