
पोखरा भ्यूज
पोखरा २६ । पोखरा महानगरपालिका ७ नं मा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार राम मोहन आचार्यले आफु निवार्चित भए वडा अध्यक्षले पाउने कुनै पनि सेवा सुविधा नलिने घोषण गरेका छन् । आफु सेवा सुविधा उपभोग गर्न र वडामा आउने बजेट दुरुपयोग गर्न नभई जनताको सेवा गर्न र वडा नम्बर ७ लाई सबै दृष्टिकोणले उत्कृष्ट बनाउन जनप्रतिनिधि बन्न चाहेको बताए ।
उनले भने, “म यसै पनि सामाजिक कार्यमा अग्रसर भएर हिड्ने व्यक्ति, मेरा काम भनेकै समाज सेवा गर्नु हो । वडावासीको मतले विजय भइसके पछि वडाको जिम्मेवार अभिभावक भएर विभेद रहित समुन्नत र सभ्य वडा बनाउन लागि पर्नेछु ।” घरदैलोका क्रममा कार्यकर्ता एमव् मतदाताको उत्साहजनक सहभागिताले पनि आफ्नो जीत निश्चित रहेको उनले बताए ।
अहिले नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ७ का उम्मेदवाहरु मतदातासंग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम सम्पन्न गरी चुनावी रणनीति निर्माणमा जुटेका छन ।
घरदैलो अभियान सकिएपनि वैशाख ३० गते हुने निर्वाचनमा कसरी मत हाल्ने भन्ने मतदाता शिक्षा दिनुका साथै वडा नं ७ मा कसरी नेपाली काँगे्रस नेतृत्वलाई विजयी गराउन सकिन्छ भनि छलफल तथा भेटघाटमा व्यस्त बनेको वडा इकाई सभापति नविन राज बरालले जानकारी दिए । यो पटक वडा नम्बर ७ मा काँग्रेस नेतृत्वले स्थानीय तहको निर्वाचनमा जीत हात पार्ने उनले बताए ।
राम मोहन आचार्यको नेतृत्वमा महिला सदस्य पदका लागि विनिता अधिकारी बराल , दलित महिला सदस्यमा पूर्ण कुमारी नेपाली, खुल्ला सदस्यमा अजित कार्की (रुद्र) र विष्णु सुबेदी उम्मेदवारमा रहेका छन् ।








सम्बन्धित खवर
















