10Shares

पोखरा भ्यूज
पोखरा । पार्टीको नीति प्रति असहमती जनाउँदै आसन्न स्थानीय निर्वाचनमा पोखराको मेयर पदमा‘ बागी’उम्मेदवारी दिएका काँग्रेस नेता विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । उम्मेदवारी फिर्तासँगै उनले गठबन्धनबाट मेयर पदमा उठेका धनराज आचार्य र नेपाली काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
कार्कीले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीले उम्मेदवारी फिर्ता गर्नका लागि दिएको निर्देशन मान्दै आफ्नो उम्मेदवारी निश्क्रिय भएको बताए । ‘साथीभाईको सल्लाह र अग्रज नेताहरुको आग्रहलाई मान्दै मैले नेपाली काँग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको छु ।’ प्रेस विज्ञप्तीमा भनिएको छ–‘मेरो उम्मेदवारी आजैदेखि निश्क्रिय भएको छ ।’
यसैबीच नेपाली काँग्रेस कास्कीले पनि नेता विमलबहादुर कार्कीलाई धन्यबाद ज्ञापन गरेको छ । पार्टी भित्र असन्तुष्टी भएपनि आन्तरिक रुपमा मिलाउने र गठबन्धनका उम्मेदवारलाई जिताउने गरि कार्कीले उम्मेदवारी फिर्ता लिएकोमा आफू निकै खुशी भएको काँग्रेस कास्कीका सभाापति किशोरदत्त बरालले बताए । ‘बिमलबहादुर कार्कीले पार्टीलाई सघाउने काम गर्नु भएको छ । र, यो उदाहरणीय कामपनि हो ।’ कास्की काँग्रेस सभापति बरालले भने ।
गठबन्धनको साझा उम्मेदवारलाई बागी उम्मेदवारकै कारण मत काटिने चिन्तापनि अब हटेको कास्की काँग्रेसले बताएको छ । पोखरा १४ स्थानीय घर भएका काँग्रेस नेता कार्कीले गठबन्धनका उम्मेदवारलाई सघाउने भएपछि पोखरा महानगरको निर्वाचन जित्न गठबन्धनलाई अझै बढि सजिलो हुने देखिएको छ ।

10Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected