
पोखरा भ्यूज
पोखरा । कास्कीको मादी गाउँपालिकामा नेपाली कांग्रेसका देवीजंग गुरुङ अध्यक्षमा र नेकपा एमालेकी कल्पना गुरुङ उपाध्यक्षमा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका देवीजंग गुरुङले नेकपा एमालेका शिवबहादुर गुरुङ(महेन्द्र)लाई ९ सय ३० मत अन्तरले पराजित गरेका छन । गठबन्धनका उम्मेदवार देवीजंगले ६ हजार ५८४ मत प्राप्त गरेका छन भने शिवले ५ हजार ६५० मत पाएका छन् ।
उपाध्यक्षमा भने एमालेकी कल्पना गुरुङले जीत हासिल गरेकी छिन् । गठबन्धनका उपाध्यक्ष उम्मेदवार नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङलाई पराजित गर्दै कल्पना विजयी बनेकी हुन् । एमालेकी कल्पनाले ५ हजार ८२८ मत पाउँदा माओवादीका लालबहादुरले ५ हजार ६१६ मत पाएका छन् । मादीमा नेकपा माओवादी र नेपाली कांग्रेसले तालमेल गरेका थिए ।
मादीका १, २, ३, ५ र ११ नम्बर वडामा नेपाली कांग्रेसले तथा ४, ६, ८ र ९ मा नेकपा एमालेले जितेका छन् । वडानम्बर ७ र १२ मा नेकपा माओवादी विजय भएको छ ।





सम्बन्धित खवर
















