2Shares

पोखरा भ्यूज
पोखरा । पोखरा महानगरपालिकामा २६ हजार २ सय १० मत गणना हुँदा गठबन्धनका मेयर पदका उम्मेदवार धनराज आचार्य र उपमेयरका उम्मेदवार कोपिला रानाभाटको अग्रता कायमै रहेको छ ।
कुल २६ हजार २ सय १० मत गणना गर्दासम्म धनराज आचार्यले १० हजार ९ सय ३९ मत प्राप्त गरेका छन । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका कृष्ण थापाले ९ हजार ४ सय ५ मतले पछ्याइरहेका छन् । मेयर पदमा आचार्य १ हजार ५२४ मतले थापा भन्दा अगाडी रहेका छन ।

त्यस्तै, गठबन्धनका उपमेयरका उम्मेदवार कोपिला रानाभाट एमालेकी मञ्जुदेवी भन्दा ५ सय ५५ मतले अघि रहेकी छिन् । उनले ११ हजार २ सय ५४ मत प्राप्त गर्दा मञ्जुले १० हजार ६ सय ९९ मत प्राप्त गरिन् ।
मेयर पदका उम्मेदवारको मत
धनराज आचार्य गठबन्धन (कलम)–१०९३९
कृष्ण थापा एमाले (सुर्य)–९४०५
शंकर खराल राप्रपा (हलो)–११९९
गणेश पौडेल स्वतन्त्र (लौरो)–६२६
शुसिला केसी अधिकारी विवेकसिल साझा (तराजु) –७१
प्रेमप्रसाद गुरुङ मंगोल नेसनल अर्गनाइजेसन (कुखुराको भाले) –५६
मुना बानियाँ अमुल परिवर्तन मसिया पार्टी नेपाल (हृदय)– ४१
संजय तिमिल्सिना मौलिक जरोकिलो पार्टी ( किबोर्ड सहितको कम्प्युटर )–२४
किसान सिंह गुरुङ स्वतन्त्र (पुतली) –२१
सुनिल बहादुर कोइराला स्वतन्त्र (हास) –१३
मुक्तिनाथ सुवेदी नेपाली जनता दल (चक्का पांग्रा) – १३
भोजराज खनाल सचेत नेपाली पार्टी (सिंह) –१०
नवराज बास्तोला स्वतन्त्र (आँप) –९
रामराज अधिकारी स्वतन्त्र (खरायो) –१४
अनिल कुमार राई संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी (धापसहितको खुकुरी) –६
आशिष थापा उन्नत लोकतन्त्र पार्टी ( खुल्ला पुस्तक )–५
शरण सिंह मोक्तान जनमत पार्टी (लाउड स्पीकर )–७
गोविन्द प्रसाद शर्मा नेकपा समाजवादी (कार) –४
भोजराज त्रिपाठी नेकपा माओवादी समाजवाद (महिला पुरुष)–४
दिलबहादुर गुरुङ स्वतन्त्र (गुलाबको फुल)– १
विमल बहादुर कार्की (भुइकटर)– १
सृर्जना देवी रिजाल कार्की राष्ट्रिय नागरिक पार्टी (चंगा)–०
रनबहादुर दमै देशभक्त समाज बाह्रसिगे (जरायो) – ०

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected