
पोखरा भ्यूज
पोखरा । लायन्स क्लब अफ पोखरा पिस सिटीले लायन वर्ष २०२२/२३ को लागि नयाँ नेतृत्व चयन गरेको छ ।शनिवार सम्पन्न क्लबको पूर्ण बैठकले क्लबका प्रथम उपाध्यक्ष ई हरिप्रसाद अधिकारीलाई आगामी कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ ।
साथै, क्लबले प्रथम उपाध्यक्षमा युवराज खनाल, द्वितीय उपाध्यक्षमा दीपेन्द्र चालिसे, तृतीय उपाध्यक्षमा ज्ञानेन्द्र थापा, सचिवमा रविकुमार श्रेष्ठ, क्लब प्रशासकमा शरद अधिकारी, कोषाध्यक्षमा राजेन्द्र मणि अधिकारीलाई चयन गरेको छ ।
यसै गरी मेम्बरसीप चियरपर्सनमा तीर्थराज सुवेदी, एलसीआइफ कोर्डिनेटरमा शैलेश रायमाझी, क्लब सर्भिस चेयरपर्सनमा पुष्पराज पौडेल, क्लब कम्यूनिकेशन एण्ड मार्केटिङ्ग चेयरपर्सनमा बिलबहादुर भुजेल साथै र्देशकहरुमा ई राजेन्द्र ढकाल, डा असिम सुवेदी, महेन्द्र पण्डित, लोकनाथ अधिकारी लगाएत चयन गरिएको निर्वाचन संयोजक एवं क्लबका निवर्तमान अध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए ।
क्लबको निर्वाचन कार्यक्रममा भर्खर मात्र सम्पन्न स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिका वडा नं २६ को वडा सदस्यमा निर्वाचित क्लबका संस्थापक अध्यक्ष सुदीपराज ढुङगानालाई सम्मान गरिएको थियो ।
क्लबका संस्थापक अध्यक्ष सुदीपराज ढुंगाना, पूर्व अध्यक्षहरु टंकराज अधिकारी, किशोर मोहन भट्टराई, जिवन ढुंगाना, हरिराम पराजुली, अर्जुन सिग्देल लगाएतले नव निर्वा्चित अध्यक्ष लगाएत सम्पूर्ण टिमलाइ बधाई तथा शुभकामना ब्यक्त गर्दै क्लबले अघि सारेका कार्यहरुका साथै डिष्ट्रिक्टले अवलम्ब गर्ने कार्यक्रमहरुलाई प्राथमिकता साथ सम्पन्न गर्न जोड दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष हरिप्रसाद अधिकारीले क्लबले अघि सारेका कार्यक्रमलाई निरन्तरता दिदै क्लबलाई अझै शशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्र्दै क्लबका साथीहरूको भरपुर सहयोग र सपोर्टको लागिआग्रह गरेका थिए ।
क्लबका अध्यक्ष राजेश रानाभाटको अध्यक्षतामा बसेको बैठकले बिषम परिस्थितिमा पनि लायन्सले पु¥याउदै आएको सेवा, आम मानिसले भोग्नु परेका समस्याहरुका सम्बन्धमा गहन छलफल गरी क्लबले तत्काल चाल्नुपर्ने कदमका बिषयमा आवश्यक निणर्य समेत गरिएको क्लबका सचिव ज्ञानेन्द्र थापाले जानकारी दिए ।








सम्बन्धित खवर
















