
पोखरा भ्यूज
नगरकोट । लायन्स क्लब ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आई नेपालको क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रमको पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ ।
लायन बर्ष २०२२/२३ का डिष्ट्रिक्ट गभर्नर इलेक्ट राम बहादुर बसेलको सभापतित्वमा तथा मल्टिपल काउन्सिल चियरपर्सन मन बहादुर रोकाको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो ।
शनिबार कन्ट्री भिल्ला रिसोर्ट नगरकोटमा सम्पन्न स्कुलिङमा लायन बर्ष २०२२/२३ का १२६ जना क्याबिनेट अफिसरको उपस्थिति रहेको थियो ।
सो अवसरमा लायन्स डिष्ट्रिक्ट ३२५ बि१ नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर तथा भर्खर मात्र स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाका लागि नव निर्वाचित पालिका प्रमुख धनराज आचार्यलाई कार्यक्रमका प्रमुख अतिथि मन रोका र ईलेक्ट गभर्नर बसेलले सम्मान गरेका थिए ।
कार्यक्रममा गेस्ट अफ स्पिकर आईडि ईन्ड्रोर्सी पंकज मेहता, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन राजन लम्साल, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल लगाएत डिष्ट्रिक्ट ३२५ आई नेपालका सिनियर लिडरहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर राम बसेलले स्वागत मन्तव्य सहित लायन बर्ष २०२२/२३ का लागि डिष्ट्रिक्ट र लायन्स अन्तरराष्ट्रियले अगाडी सारेका कार्यक्रमको उद्देश्य माथी प्रकाश पारेका थिए ।
गेस्ट अफ स्पिकर आईडि ईन्ड्रोर्सी पंकज मेहताले वि अ गेम चेन्जर र डिष्ट्रिक्ट ३२५ आई का प्रथम भाईस गभर्नर चन्द्र कुमार केसीले डिष्ट्रिक्ट गभर्नरको आफ्नो कार्यकालको नारा आई बिलिभ इन टिम वर्क विषयमा आ-आफ़नो प्रस्तुति राखेका थिए । ३२५ आई का द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले धन्यवाद सहित कार्यक्रम समापन गरेका थिए ।
३ दिनसम्म चल्ने स्कुलिङ कार्यक्रममा शनिवार उद्घाटन सत्र सहित पहिलो दिनको कार्यक्रम समापन गरिएको डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी हरिराज पन्तले जानकारी दिए ।





















