
पोखरा भ्यूज ।
नगरकोट : लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको क्याविनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । कन्ट्री भिल्ला रिसोर्ट नगरकोटमा तीन दिनसम्म चलेको स्कुलिङमा १सय २६ जना लायन बर्ष २०२२/२३ का क्याबिनेट अफिसरको उपस्थिति रहेको थियो ।

स्कुलिङ मार्फत अफिसरहरुलाई आफु पदमा रहदाँ गर्नुपर्ने काम कर्तब्य, समाज सेवामा लायन्सको दायित्व, समाजसेवाका कार्य र क्षमता अभिबृद्धी लगायतका विबिध क्षेत्रका वारेमा सहजकर्ताले प्रस्तुतिकरण दिएका थिए ।
लायन बर्ष २०२२/२३ का लागि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका इलेक्ट डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको अध्यक्षतामा शुक्रवार देख़ि आइतवारसम्म चलेको स्कुलिङ कार्यक्रममा लायन्स अन्तरराष्ट्रियका आईडि इन्डोर्सिद्वय बालकृष्ण बुर्लाकोटी र पंकज मेहता, मल्टिपल काउन्सिल चेयरपर्सन मन बहादुर रोका, प्रथम/द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नरद्वय चन्द्रकुमार केसी र बिनोद ढुङगाना पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन राजन लम्साल, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल, अष्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेश दाहाल लगाएतले क्याविनेट अफिसरहरूलाई पद अनुसारको काम कर्तव्यको बारेमा अभिमुखीकरण गराईएको डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी हरिराज पन्तले जानकारी दिए ।
डिष्ट्रिक्टका महत्वपूर्ण पोस्टमा मनोनित भएका क्याविनेट सेक्रेटरी, ट्रेजरर, चिफ एडभाईजर, पिआरओ ईनचिफ, डिष्ट्रिक्ट एडमिनीट्रेटर, एडिशनल सेक्रेटरी र ट्रेजररलाई ड्यूटी एण्ड रेस्पोन्सिविलिटी बारेमा इलेक्ट डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले जानकारी गराएका थिए । कार्यक्रममा मल्टिपल काउन्सिल चेयरपर्सन मनबहादुर रोकाले जीएलटी, जीएमटी, जीएसटी, एलसीआईएफ, एफडब्लुसीको ड्यूटी एण्ड रेस्पोन्सिविलिटी बारेमा प्रस्तुतिकरण दिएका थिए । छुट्टाछुट्टै फ्याकल्टी अनुसार सम्पन्न स्कुलिङमा काम कर्तब्यका बारेमा डिष्ट्रिक्ट को–अर्डिनेटर, डिष्ट्रिक्ट चिफको लागि प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, डिपार्टमेंटचिफ, सिनियर एडभाईजरलाई द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, रिजन पर्सनको लागि पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल, जोन चेयरपर्सनको लागि पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन राजन लम्सालले प्रस्तुतिकरण राखेका थिए ।

फ्याकल्टि ट्रेनर तथा मोटिभेटर आइडि इन्डोर्सि पंकज मेहताले विंग योर ड्रिम र बि अ गेम चेन्जर साथै एलसीआईएफ एरिया लिडर एवं आइ डि इन्डोर्सि बालकृष्ण बुर्लाकोटीले एस वि क्यान विषयमा मोटीभेसनल क्लास दिएका थिए ।
त्यस्तै, अष्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेश दाहालले लायन्स लिड़रशिप, पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन राजन लम्सालले मोविंग फरवार्ड डिष्ट्रिक्ट ३२५ आई सम्बन्धि अभिमुखीकरण गराउदै डिष्ट्रिक्ट ३२५ आई का महत्वपूर्ण कार्यक्रमहरु कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा जोड दिएका थिए ।
कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर राम बसेलले लायन बर्ष २०२२/२३ का लागि डिष्ट्रिक्टका मुख्य मुख्य कार्यक्रम र लायन्स अन्तरराष्ट्रियले अगाडी सारेका कार्यक्रमको उद्देश्य माथी प्रकाश पारेका थिए ।





















