
पोखरा भ्यूज
पोखरा । विश्व वातावरण दिवसको अवसरमा पोखराको गणेश टोलमा रहेको फेवा पब्लिक बोर्डिङ स्कुलले आइतबार सरसफाइ तथा सचेतना र्रयालीको आयोजना गरेको छ ।
विद्यालयको प्राङ्गणबाट सुरु भएको र्रयाली गणेश टोल, नालाकोमुख हुँदै बागलुङ बस पार्कमा पुगेको थियो । र्रयालीमा सहभागि विद्यार्थी, विद्यालयका शिक्षक र कर्मचारीले बागलुङ बसपार्क आसपासको गल्लिमा सरसफाइ गरेर एक क्विन्टल फोहोर सङ्कलन गरेका थिए । विद्यार्थीहरुले सङ्कलन गरेको फोहोर महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने गाडीमा व्यवस्थापन गर्ने विद्याल सञ्चालक समितिका अध्यक्ष अचुत पाण्डेले जानकारी दिए । विद्यार्थी र सर्वसाधारणलाई वातावरणको महत्वको बारेमा जानकारी दिने उद्देश्यले सचेतना र्रयाली र सरसफाई कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पाण्डेले बताए । समाजको वरपर अव्यवस्थित रुपमा फोहोर फाल्दा त्यसले मानवीय स्वास्थ्यमा कस्तो असर पर्न सक्छ भन्ने प्रत्यक्ष अनुभव दिने उद्देश्यले विद्यार्थीलाई सरसफाइ अभियानमा सहभागि गराइको विद्यालयका प्राचार्य टेकबहादुर गुरुङले बताए ।
कक्षा सात, आठ, नौ र दशमा अध्ययनरत एक सय पचास जना विद्यार्थीहरु ¥याली र सरसफाइ कार्यक्रममा सहभागि थिए । विद्यालयका सहायक प्राचार्य प्रमोद पाण्डे, शैक्षिक विभाग प्रमुख सुमन आचार्य, शिक्षक शिक्षिकाहरु कमला थापा, सन्तोष रानाभाटले सहजीकारण गरेका थिए ।






सम्बन्धित खवर
















