
पोखरा भ्यूज
पोखरा, २८ जेष्ठ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको गण्डकी धवलागिरी क्षेत्रका क्लब अफिसरहरूका लागि स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ आई नेपालको आयोजनामा गण्डकी धवलागिरी क्षेत्रका लायन बर्ष २०२२/२३ का लागि लायन्स क्लबका पदाधिकारीलाई प्रशिक्षण दिईएको हो ।
क्लव अफिसर तालिम अन्तर्गत आगामी बर्ष २०२२/२३ का लागि क्लवका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई क्लव कसरी सञ्चालन गर्ने, भाबी आफ्ना कार्यक्रम र सामाजिक उत्तर दायित्व बहन गर्नका लागि खेल्नु पर्ने भूमिकाका बारेमा प्रशिक्षण गराइएको डिष्ट्रिक ३२५ आई नेपालका इलेक्ट डिष्ट्रिक्ट गर्भनर रामबहादुर बसेलले जानकारी दिए ।
आफ्ना भाबी कार्यक्रम र रणनितीका बारेमा बोल्दै गभर्नर बसेलले आगामी दिनहरुमा “आई विलिभ इन टिम वर्क” ‘म टिम वर्कमा विश्वास गर्छु’ भन्ने स्लोगनको मर्म र भावना अनुसार सम्पुर्ण लायनहरुले आफुलाई समाज सेवाका लगि बिशिष्ठ खालका सामाजीक कार्यहरुमा लगाउन आग्रह गरेका छन ।
बसेलले डिष्ट्रिक्ट ३२५ आई रिडिष्ट्रिक्टीङ पछिको पहिलो कार्यकाल भएकाले पहिलो प्राथमिकता जग बलियो बनाउन केन्द्रित भएको बताए । कमजोर क्लबलाई विशेष ध्यान दिएर बलियो बनाउने, क्लब सदस्यहरूलाई आजिवन सदस्य बनाई पर्मानेन्ट क्लब बनाउन पहल गर्ने उनको भनाई रहेको थियो । बसेलका अनुसार काठमाँड़ौ र पोखरामा डिष्ट्रिक्टको स्थायी सचिवालय बनाउन आवश्यक पहल गरिएको, ईमरजेन्सी फण्डस्थापना गर्ने, लिड़रशिप, फेलोसिप र सामाजिक सेवाका कार्यमा जोड़ दिने लगायत पूर्व डिष्ट्रिक्ट गर्भनरहरुले अघि सारेका महत्वपूर्ण कार्यक्रमहरुलाई निरन्तरता दिने, डिष्ट्रिक्ट ३२५ आई नेपाललाई उत्कृष्ट डिष्ट्रिक्टका रूपमा स्थापित गराई गतिवान र सक्रिय बनाउनका लागि क्लबहरुलाई बलियो बनाउने समेतका योजना प्राथमिकतामा राखिएको उपस्थित क्लब अफिसरलाई जनाउ दिएका थिए ।
आफ्नो कार्यकालमा बिद्यालय कार्यक्रम सञ्चालन गर्ने र उचित पुर्वाधारको अभावका कारण शिक्षावाट बन्चित सर्वसाधारणहरुको लागि लक्षित गरि “स्कूल एडप्ट कार्यक्रम ”मार्फत बिद्यालयमा बिभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्ने अभियानमा सहयोग गर्न क्लव अफिसर हरुलाई गभर्नर बसेलले प्रशिक्षित गराएका थिए ।

अगामी दिनमा पोखरामा रगत अभाव हुन नदिन ब्लड डोनेशन, वातावरण संरक्षणका लागि बृक्षारोपण, महिला शशक्तिकरणका कार्यक्रमसाथै अपाङगता भएकालाई बिशेष लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखी कार्यसम्पादन गर्न निर्देशन समेत दिएका थिए । क्लवहरुको अगुवाईमा कमजोर बिधालयमा खानेपानी, शौचालय, पुस्ताकालय, कम्पुटर, डेक्स र बेन्च, लगायतका भौतिक पुर्वाधारहरुको निर्माणका लागि आफ्नो विषेश पहल रहने छ बसेलले भने ।
गण्डकी धवलागिरीका क्षेत्रका ५४ क्लवका २ सय १६ जना क्लब पदाधिकारीले भाग लिएको प्रशिक्षण कार्यक्रममा क्लब अध्यक्षहरूलाई पूर्व मल्टिपल काउन्सील चियर पर्सन राजन लम्साल, प्रथम उपाध्यक्षका लागि मल्टिपल काउन्सील चियर पर्सन मनबहादुर रोका र प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार के सी, क्लब सचिवकालागि द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना र क्याविनेट सेक्रेटरी हरिराज पन्त र कोषाध्यक्षका लागि पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल र क्याविनेट ट्रेजरर सूर्यनारायण बराल लगायतले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई का प्रथम भाईस गभर्नर चन्द्र कुमार केसीले डिष्ट्रिक्ट गभर्नरको यो बर्षको नारा“आई बिलिभ इन टिम वर्क” र पूर्व मल्टिपल काउन्सील चियर पर्सन राजन लम्सालले “आवर डिष्ट्रिक्ट, आवर प्राईड” विषयमा आ–आफ़्ना प्रस्तुति राखेका थिए ।








सम्बन्धित खवर
















