5Shares

पोखरा भ्यूज

पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । उपमेयर मञ्जुदेवी गुरुङले ११ औं नगरसभामा शुक्रबार बजेट सार्वजनिक गरेकी हुन् । चालु आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो ।
यसअघि बजेट प्रस्तुत हुनअगाडि नै रातो किताब प्रकाशन गरिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेका थिए । एमालेका प्रतिनिधि र मेयर–उपमेयरबीचको वार्तापछि नगरसभा शुक्रबार बेलुकी ७ बजे पुनः भएको हो । मेयर र प्रमुख प्रशासकीय अधिकृतले माफी मागेपछि बजेट प्रस्तुत गर्न एमाले राजी भएको थियो ।
बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट ३ अर्ब १ करोड, संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ४२ लाख ५२ हजार स्रोत व्यवस्था हुने उल्लेख छ । यसो गर्दा २ अर्ब ४० करोड ८१ लाख ८३ हजार कम हुने देखिन्छ । न्यून बजेट चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने रकमबाट ब्यहोर्ने उपमेयर गुरुङले बताइन् ।

पोखरा महानगरपालिकामा रातो किताब आएको भन्दै एमालेको अवरोध
पोखरा महानगरपालिकामा नेकपा एमालेका जनप्रतिनीधिहरुले नगरसभा बहिस्कार गरेका छन् । उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्नुअगावै रातो किताब आएको भन्दै सभा बहिस्कार गरेका हुन् । उनीहरुले रातो किताब लेखिएको रातो किताब नै च्यातिदिएका छन् ।
नेकपा एमाले दलका नेता राधिका शाहीले भने रातो किताब च्यात्दै आफुहरुलाई स्विकार्य नभएको बताइन् । उनले नगरसभा सदस्यहरुको अधिकार कुण्ठित गर्दै सबैलाई वसमा पारेर रातो किताब छापिएको आरोप लगाइन् । ‘हामी बजेट प्रस्तुत गरिरहँदा एउटा विधि र विधानलाई अगाल्नुपर्ने हुन्छ । लोकतान्त्रिक अभ्यासलाई कुल्चदै नगरसभा सदस्यको अधिकारलाई आफ्नो वसमा लिई बजेट प्रस्तुत गर्नुभन्दा अघि नै रातो किताब निकालिएको छ ’ उनले भनिन्,‘हाम्रा योजनाहरु अटाएका छैनन् । बल्ल हामीलाई बजेटको सिलिङ दिइएको छ त्यो सिलिङ यहाँ छैन् । रातो किताबको आधिकारीक नै यहि हो हामीलाई स्विकार्य छैन् ।’ उनीहरुले नगरसभा छाडेर नाराबाजी समेत गरेका थिए ।
मेयर धनराज आचार्यले भने रातो किताब लेखिएको आफैलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् । उनले त्यो एक ड्राफ्ट मात्रै रहेको र विहानसम्म उपमेयरसंगै रहेकाले आफुलाई केहि थाहा नभएको बताए । ‘यो रातो किताब होइन् । यहाँहरु भ्रममा नपर्नुहोला यो मलाइ पनि थाहा थिएन् । यो आर्थिक महाशाखाले नेपाल सरकारको सिस्टममा इन्ट्रि गराउनका लागि मात्रै बनाएको ड्राफ्ट हो ।’
इन्ट्रि नगरे लिजामा नम्बर पाइदैन् त्यसैले हो । उनले वडाको सबै योजना र बजेट नसमेटिएको र पुर्ण बजेटको रातो किताब छलफल बाटै पारित हुने उनले बताए । उनले केहि त्रुटि हुँदा समस्या आएको सुनाए । अवरोधलाई शान्त पार्न खोज्दै मेयर धनराजले उनीहरुलाई तपाईँहरु सांसद बन्न लाग्नु भएको हो ? भन्दै प्रश्न समेत गरे । उनले कर्मचारीले रातारात गरेर सरकारको सिस्टममा राख्नका लागि मात्रै पठाएको बताए ।
उपमेयर मञ्जुदेवी गुरुङले रातो किताब कसरी लेखियो त्यो प्रस्ट पार्नुपर्ने बताइन् । उनले ड्राफ्ट बनाउनुपर्नेमा रातो किताब नै किन बनाएको भन्ने प्राविधिक वा अन्य गल्ति त्यो स्पष्ट राख्नुपर्ने भन्दै किन कसरी आएको प्रश्न गरिन् ।
वडा २१ का वडा सदस्य झपट रानाभाटले मेयरले घिनलाग्दो काम गरेर संघीयताको धज्जी उडाएको आरोप लगाए । बजेट भाषण अगावै रातो किताब निकाल्ने काम संसदस्य अभ्यासमा पहिलो घटना भएको उनको भनाइ थियो । उनले लोकतन्त्रको सुन्दर पक्षमा हवला बोल्न आउने जो सुकै तानासाहीलाई नछाड्ने बताउँदै आफुहरुले नगरसभा बहिस्कार गरेको बताए ।
पोखरा महानगर पािलकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले प्राविधिक ड्राफ्ट भएको बताए । उनले अन्तिम रुप दिन बाकीँ रहेको र यस्का लागि सबै कुरा स्पष्ट पार्न आफुहरु सक्षम रहेको सुनाए । ‘नगरसभा १० गतेभित्र नै टेबुल हुनुपर्छ यो विषयगत समितिले नेपाल सरकारको लिजामा राख्नका लागि मात्रै बनाएको ड्राफ्ट हो’ उनले भने,‘यसलाई सच्याउन मिल्ने गरी लगेका हौँ पुरै वडा र गौरवको योजना यसमा समेटिएका छैनन् । पुरै सम्बोधन गर्नलाई रातो किताब नै आउँछ ।’
तर, रातो किताब वा ड्राफ्ट सार्वजानिक हुुनुमा कर्मचारीको हात रहेको एक प्रतिनीधिले बताए । बजेट प्रस्तुत हुने समयसम्म बजेट सिलिङ गोप्य हुने हुदाँ यसरी बाहिर आउनुमा कर्मचारीको हात रहेको अनुमान गरिएको छ । यसले गोपनियता भंग भएको देखिएको छ । बाहिर एमालेका जनप्रतिनीधिले कार्यक्रम बहिस्कार गरेर नाराबाजी गर्दा भित्र भने नेपाली कांग्रेसका जनप्रतिनीधिहरुले बजेट सार्वजानिक गर्न दबाब दिएका थिए । उनीहरुले लोकतन्त्रमा एमालेले अधिनायकवादी शासन देखाएको आरोप समेत लगाए ।

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected