25Shares

पोखरा भ्यूज
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ६० करोड ५१ लाख ७० हजारको बजेट सार्वजनिक गरेको छ । शुक्रवार गाउँपालिकाको ११औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष एवं बजेट नीति तथा कार्यक्रम समितिका संयोजक चन्द्रकला अधिकारीले बजेट प्रस्तुत गरेकी हुन् ।

सार्वजनिक बजेट अनुसार गाउँपालिकाले चालुतर्फ ९ करोड, सडक निर्माणका लागि ७ करोड ८५ लाख, स्वास्थ्य विमातर्फ १ करोड ४० लाख, शिक्षाका विभिन्न कार्यक्रमका लागि १ करोड ४७ लाख, उपाध्यक्षसँग महिला कार्यक्रमका लागि २५ लाख, एक घर एक धारा अभियानका लागि ५५ लाख बजेट विनियोजन गरेको हो ।

त्यसैगरी विषद् कोषका लागि ५० लाख ३९ हजार, अध्यक्ष कप खेलकुद प्रतियोगिताका लागि १५ लाख, झोलुङ्गे पुल निर्माणतर्फ १५ लाख, सशर्त अनुदान बाहेक पशुविकासतर्फ ४५ लाख, आयुर्वेदका लागि ४ लाख, हेल्लो अन्नपूर्ण कार्यक्रम लगायतका लागि ५३ लाख बजेट विनियोजन गरिएको छ ।

प्रस्तुत बजेट समृद्ध पालिका निर्माणका लागि कोशेढुंगा सावित हुने विश्वास पनि गाउँपालिकाको छ । बजेटमार्फत पालिकाले सार्वजनिक खर्चमा पारदर्शिता, मितव्ययिता, जवाफदेहिता र उत्तरदायित्व कायम गराउने, कृषि उत्पादनमा आत्मनिर्भरताका साथ निर्यात गरी आर्यआर्जन बढाउने, अन्नपूर्णवासी जनताको जीवनस्तर अभिबृद्धि गर्ने, आर्थिक अनुशासन र वित्तिय सुशासन कायम गर्ने उद्देश्य पनि राखेको छ ।

आगामी आवमा ९० प्रतिशत वितिय प्रगति हुने लक्ष्य पनि पालिकाको छ । सभाबीच आर्थिक तथा विनियोजन विधेयक २०७९ पारित भएको छ ।गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले संचालन गरे ।

25Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected