41Shares

पोखरा भ्यूज

पोखरा, १८ असार लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको सल्लाहकार परिषदको बैठक सम्पन्न भएको छ ।

शुक्रवार शनिवार चुम्लिङ्टार स्थित सिद्दार्थ रिसोर्टमा सम्पन्न सल्लाहकार परिषदको बैठकमा ७० जना डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको थियो

डिष्ट्रिक्टका प्रमुख सल्लाहकार पार्वती खरेल पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकमा उपस्थित लायन्स लिड़रहरूले आफ्नो अमुल्य सल्लाह सुझाव दिएका थिए

परिषद बैठकमा डिष्ट्रिक्ट गभर्नर राम बसेल, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, मल्टिपल जिएमटी कोअर्डिनेटर एवं पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन राजन लम्साल, पूर्व डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्साल, क्याविनेट सेक्रेटरी हरिराज पन्त, क्याविनेट ट्रेजरर सूर्यनारायण बराल, पिआरओ ईन चिफ सुर्य कुमार केसी लगाएतको उपस्थिति रहेको थियो

कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर राम बसेलले आफ्नो बार्षिक कार्यक्रम, डिष्ट्रिक्टका महत्त्वपूर्ण भावी योजना साथै डिष्ट्रिक्टमा लागू हुने नीति नियम तथा पालना गर्नुपर्ने नयाँ निर्देशन बारे जानकारी गराएका थिए बैठकमा उपस्थित १७ जना सल्लाहकार परिषदका सदस्यले आफ्नो राय सल्लाह तथा सुझाव पेस गरेको क्याविनेट सेक्रेटरी हरिराज पन्तले जानकारी दिए ।

41Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected