153Shares

पोखरा भ्यूज

पोखरा, २४ असार । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत लायन्स क्लब अफ पोखरा अभियान पोखरा जननीको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको डिष्ट्रिक्ट बाईफर्गेशन पछि बनेको डिष्ट्रिक्ट ३२५ आई नेपालको यो पहिलो वर्ष  पहिलो पदस्थापना समारोह हो

पदस्थापन समारोहमा लायन वर्ष २०२२/२३ को लागि निर्वाचित क्लब पदाधिकारीहरूलाई पदस्थापन अधिकृत एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर राम बसेलले शुक्रवार पोखरामा पदस्थापन गराएका हुन

डिष्टिक्ट गर्भनर बसेलले क्लबमा भित्रिएका नयाँ सदस्यलाई लायनवादको सिद्धान्त  मान्यता बारे जानकारी तथा क्लबका नवनिर्वाचित पदाधिकारीलाई पदस्थापना गराएका थिए

सो अवसरमा लायन्स क्लब अफ पोखरा अभियानको स्पोन्सरमा गठित लियो क्लब, लियो क्लब अफ पोखरा अभियानको उद्घाटन गरिएको थियो जस्को नेतृत्व उत्सव ढुङगानाले गरेका छन
कार्यक्रममा अभियानका लायन बर्ष २०२१/२२ का अध्यक्ष डिलाराम लामिछानेले आफ़नो कार्यकालमा सम्पादन गरिएका गतिवधि प्रस्तुत गर्दै विभिन्न कार्यक्रममा संयोजकको भूमिका निर्वाह गरेका क्लबका लायन सदस्यलाई अवार्ड समेत गरेका थिए लामिछानेले क्लबका सक्रिय सदस्य नवराज शर्मा पौडेललाई क्लब अफ एयर रूपमा घोषणा गर्दै सम्मान गरेका थिए

त्यस्तै बर्ष २०२२/२३ का लागि पदस्थापित अध्यक्ष कृष्ण लम्साल र जननीका अध्यक्ष बद्रिका ढुङगानाले क्लबका भावी कार्यक्रम प्रस्तुत गरेका थिए । पदभारसँगै अभियानका अध्यक्ष कृष्ण लम्साल जननीका अध्यक्ष बद्रिका ढुङगानाले क्लवलाई सृजनशिल ढंगले अगाडि बढाएर समाजमा पृथक पहिचान दिलाउने प्रतिबद्वता व्यक्त गरेका छन सो अवसर दुवै क्लबका अध्यक्षले डिष्ट्रिक्टको भवन निर्माणका लागि क्रमशः एक लाख ५० हजार रूपैया नगद डिष्ट्रिक्ट गभर्नरलाई प्रदान गरेका थिए 
पदस्थापन समारोहमा लायन्स क्लब अफ पोखरा अभियानले पोखरा २६ मदतको पाटन स्थित श्री अमरज्वोती आधारभुत विद्यालयका जेहेनदार १० जना बिधार्थीलाई पठनपाठनमा सहयोग पुग्ने हेतुले वार्षिक जनहि ५ हज़ारको दरले छात्रबृती दिने घोषणा गरी रक़म प्रदान गरेको साथै ४० जनालाई बिधार्थीलाई बिधालय पोशाक समेत हस्तान्तरण गरेका छन कार्यक्रमका प्रमुख अतिथि एलसिआईएफ एरिया लिडर राजन लम्साल, डिष्ट्रिक्ट गभर्नर राम बसेल, क्लब अध्यक्ष कृष्ण लम्साल, संस्थापक अध्यक्ष बिनोद ढुङगाना लगाएतले बिधालयका प्रअ सत्यदेवी बराललाई नगद बिधालय पोशाक हस्तान्तरण गरेका थिए

कार्यक्रममा लायन्स अन्तरराष्ट्रिय अध्यक्ष डगलस एक्स. अलेक्ज्याण्डरबाट भर्खर मात्र एलसीआईएफ एरियालिडरमा मनोनीत हुनु भएका मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालका पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन राजन लम्साललाई डिष्ट्रिक्ट गभर्नर राम बसेलले सम्मान गरेका छन

संयुक्त पदस्थापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एलसिआईएफ एरिया लिडर राजन लम्सालले लायन्स अन्तरराष्ट्रियबाट प्राप्त ज़िम्मेवारी कुशलतापूर्वक पूरापूर सदुपयोग गरी समग्र नेपाली लायनवादको छविलाई उँचो राख्ने बताए लम्सालले लायन्सले समाजमा गरेका सेवाका कार्यले आफु प्रभावित भएको बताउदै सम्पन्न गरिएका कार्यलाई संस्थागत गर्न आग्रह गरे लायन्सले समाजमा शिक्षा स्वास्य, वातावरण, सामाजिक मानवीय सेवाका कार्यका साथै नेतृत्व विकासमा उत्कृष्ट काम गरी समाज रुपान्तरण महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै आउँदा दिनमा पनि निरन्तरता दिन जोड दिए
पदस्थापन अधिकृत डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्टिक्ट गर्भनर राम बसेलले डिष्ट्रिक्ट ३२५ आई रिडिष्ट्रिक्टीङ पछिको पहिलो कार्यकाल भएकाले पहिलो प्राथमिकता जग बलियो बनाउन केन्द्रित भएको बताए कमजोर क्लबलाई विशेष ध्यान दिएर बलियो बनाउने बताउदै क्लब सदस्यहरूलाई आजिवन सदस्य बनाई पर्मानेन्ट क्लब बनाउन लाग्न आग्रह गरे क्लब बलियो आफनै क्लबको लागि हो, यसले गर्दा कुनै साथी कुनैपनि बहानामा क्लब छोड़न नसक्ने उनको भनाई थियो   डिष्ट्रिक्टको स्थायी सचिवालय बनाउन, ईमरजेन्सीफण्ड स्थापना गर्नमा क्लबबाट सक्दो सहयोगको अपेक्षा समेत गरेका थिए लिड़रशिप, फेलोसिप र सामाजिक सेवाका कार्यमा जोड़ दिई डिष्ट्रिक्ट ३२५ आई लाई उत्कृष्ट डिष्ट्रिक्टका रूपमा स्थापित गराई गतिवान सक्रिय बनाउनका लागि क्लबहरुलाई बलियो बनाउन समेत क्लबहरूलाई आग्रह गरेका थिए

लायन्स क्लब अफ पोखरा अभियानका २०२१/२२ का अध्यक्ष डिलाराम लामिछाने २०२२/२३ का अध्यक्ष कृष्ण लम्सालको अध्यक्षतामा गरी दुई चरणमा सम्पन्न पदस्थापन समारोहमा डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, क्याविनेट सेक्रेटरी हरिराज पन्त, रिजन चेयरपर्सन प्रेम दाहाल, अभियानका प्रथम उपाध्यक्ष मातृका पोखरेल, बिनोदराज आचार्य लगायतले आफ्नो भनाई राखेका थिए

153Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected