1Shares

पोखरा भ्यूज

पोखरा, २२ असार । नेपाल प्रेस युनियनको ९औ महाधिवेशनको लागि अध्यक्ष पदमा अनिता बिन्दुले उम्मेदवार घोषणा गरेकीछन्  ।

पोखरामा बुधबार आयोजित युनियन कास्कीको भेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित युनियन कास्की एवं केन्द्रीय तहका नेताहरुलाई साथमा राखेर उनले उम्मेदवारी घोषणा गरेकी हुन् ।

नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाल प्रेस युनियनको पूर्व उपाध्यक्ष समेत भई सकेको हुदाँ अध्यक्षका लागि आफु योग्य रहेको उनले  बताइन् । उनले कुनै समूह मिले समूहबाट नभए स्वतन्त्र रुपमा रहे पनि आफ्नो उम्मेदवारी रहने बताइन् । दुई दशकदेखि नेपाल टेलिभिजनमा कार्यरत् अनिता बिन्दुको स्थायी घर गण्डकी प्रदेशकै स्याङ्जा हो।

यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनीले पदाधिकारीमा उम्मेदवारीदिने घोषणा गरेकी छन् । हालका यूनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल र राजबहादुर गुरुङले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरे ।

पत्रकार महासंघ कास्की अध्यक्ष समेत रहेकी बिमला भण्डारीले पनि पदाधिकारीमै उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

केन्द्रीय सदस्यका लागि रेम बिक, परशुराम शर्मा लगायतले चाहना व्यक्त गरेका छन् । युनियनको महाधिवेशन आगामी साउन ६ र ७ गते हेटौडामा हुँदैछ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected