
पोखरा भ्यूज
पोखरा, ३० असार । अन्नपूर्ण गाउँपालिका–१ कास्कीका वडाध्यक्ष तुलसीप्रसाद अधिकारीलाई मातृ शोक परेको छ । माता कलावती अधिकारीको ८८ वर्षको उमेरमा बुधबार दिउँसो निधन भएको हो । विभिन्न स्वास्थ्य समस्याबाट पीडित अधिकारीको विहिवार पोखरा रामघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरूङ, केन्द्रिय सदस्य राजीव पहारी लगाएतले पार्टीको झण्डा ओडाएका थिए ।
पार्टी आमाको नामले परिचित स्वर्गीय अधिकारी भूमिगत नेकपा कालिन समयमा सेल्टर प्रदान गरी राजनीतिक अभियानमा क्रियाशिल रही पार्टीलाई अत्यंतै ठुलो योगदान पुर्रयाउनु भएको थियो । सोहि समयदेख़ि पार्टी सदस्यता लिई निरन्तर पार्टीमा क्रियाशिल हुनुहुन्थ्यो ।
स्वर्गीय अधिकारीको तीन छोरा, दुई बुहारी, ४ नाती र २ नातिनी र २ पनाती पनातिनी रहेका छन । अधिकारीका जेठा छोरा तुलसीप्रसाद अधिकारी अन्नपूर्ण गाउँपालिका–१ कास्कीका वडाध्यक्ष एवं नेकपा एमालेका पूर्व जिल्ला कमिटी सदस्य, माईला छोरा लक्ष्मीप्रसाद अधिकारी नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य र कान्छा छोरा बाला अधिकारी स्थानीय सृजना माबीमा शिक्षक रहनु भएको छ ।





सम्बन्धित खवर
















