56Shares

पोखरा भ्यूज

पोखरा, २८ असार । प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा. रघुराज काफ्लेले समाज सेवाको क्षेत्रमा लायन्स खुल्ला विश्वविद्यालय भएको बताएका छन  सोमवार पोखरामा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन जोन ६ अन्तर्गतका क्लबहरूको संयुक्त पदस्थापन समारोहमा काफ़्ले सो कुरा बताएका हुन

संयुक्त पदस्थापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ड़ा काफलेले लायन्सले समाजमा गरेका सेवाका कार्यले आफु प्रभावित भएको बताउदै सम्पन्न गरिएका कार्यलाई संस्थागत गर्न प्रदेश सरकारसँग सहकार्य गर्न आग्रह समेत गरेका छन लायन्सले समाजमा शिक्षा, स्वास्य, वातावरण, सामाजिक मानवीय सेवाका कार्यका साथै नेतृत्व विकासमा उत्कृष्ट काम गरी समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै आउँदा दिनमा प्रदेशलाई समृद्ध प्रदेश बनाउन आर्थिक क्रान्तितर्फ ध्यान दिन जोड दिए

लायन्स क्लबलाई विश्वव्यापी सन्जाल भएको स्वयंमसेवी संस्थाको रुपमा आफुले चिनेको बताउदै डा काफ्लेले ‘हामी सेवा गर्छौंभन्ने भावनाका साथ विश्वभर लाखौ व्यक्तिहरु लायन्स क्लबमा आबद्ध भई समाज रूपान्तरणमा खेलेको भूमिका प्रति खुलेर प्रशंसा गरेका छन्

उजले भने,’भनिन्छ लायनवाद, प्रत्येक सफल व्यक्ति आफ्नो समुदायको लागि केही गर्नुपर्छ भन्ने सेवाको भाव पनि हो

वर्तमान प्रदेश सरकार विकासको जग बनाउन लागिपरेको बताएका छन् गण्डकी प्रदेशलाई समृद्ध प्रदेश बनाउन प्रदेश सरकार योजना बनाएर लागिपरेको बताउँदै उपाध्यक्ष काफ्लेले समृद्धिको अभियान अघि बढाउन लायन्सले समाजमा खेलेको विकासका गतिविधिले पनि मदत पुगेको बताए

गण्डकी प्रदेश सम्भावना नै सम्भावना बोकेको प्रदेश भएपनि सम्भावनालाई उजागर गर्न नसकिएको उनले बताए । “जति रुपमा प्रयोग गर्नुपथ्र्यो, त्यो हुन सकेको छैन,” उनले भने

देशको कुल ग्राहस्थ उत्पादनमा गण्डकी प्रदेशको प्रतिशतमात्रै जीडीपीमा योगदान रहेको बताउँदै त्यो पर्याप्त नरहेको १४१५ प्रतिशत पुर्रयाउने लक्ष्यमा लायन्सको पनि महत्वपूर्ण भूमिका रहोस भन्ने भनाई उपाध्यक्ष काफ्लेको रहेको थियो

56Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected