0Shares

पोखरा भ्यूज

पोखरा, ५ साउन । नेपाली कांग्रेसका संस्थापक एवं नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री वि पि कोईरालाको ४० औं स्मृति दिवसको सन्दर्भमा पोखरामा आयोजना गरिने रक्तदान कार्यक्रमको तयारी पुरा भएको छ ।

नेपाली कांग्रेस पोखरा महानगर समितिको आयोजना , कास्की जिल्ला समितिको सहयोग र क्षेत्रीय समितिहरुको संयोजनमा रक्तदान कार्यक्रम गरिन लागेको हो ।

यही साउन ६ गते पोखराको चिप्लेढुंगा स्थित विपी चोकमा हुने रक्तदान कार्यक्रमको तयारी पुरा भएको बताईएको हो ।

रक्तदान जीवनदान भन्ने मुल नाराका साथ साउन ६ गते शुक्रबार बिहान साढे ७ बजे देखि विपी चोक चिप्लेढुंगामा रक्तदान कार्यक्रम हुने नेपाली काँग्रेस पोखरा महानगरका कोषाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक सम्मर बहादुर श्रेष्ठले जानकारी दिए ।

कार्यक्रम सम्पन्न गराउन बुधबार नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको उपस्थितिमा महानगर कार्यसमितिका पदाधिकारी र कार्य सम्पादन समितिका सदस्यहरुबीच संयुक्त बैठक समेत बसेको थियो ।

महानगर सभापति सुरेन्द्र विजुक्छेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रक्तदान कार्यक्रम सम्पन्न गर्नका लागि जिम्मेवारी बाँडफाँड समेत गरिएको महानगर समितिका प्रवक्ता धनन्जय पौडेलले जानकारी दिए ।

समाजका हरेक क्रियाकलापमा नेपाली काँग्रेस सक्रिय छ भन्ने सन्देश दिने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको महानगर समितिले जनाएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected