२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

कास्कीको सुईखेतमा रिभर भ्याली रिसोर्ट सञ्चालनमा

पोखरा भ्यूज
पोखरा, ११ साउन । पोखरा भ्याली बाहिर पहिलोपटक कास्कीको पोखरा महानगरपालिका वडा नम्वर २५ सुईखेत खोला छेउमा सुईखेत रिभर भ्याली रिसोर्ट सञ्चालनमा आएको छ । हालै सञ्चालनमा आएको सुईखेत रिभर भ्याली रिसोर्टले पर्यटकको मन जित्न सफल भएको छ । सुईखेत रिभर भ्यालि रिसोर्ट आन्तरिक पर्यटकहरुको लागि नया गन्तव्य बनेको छ । रिसोर्टमा राखिएको एटिभि बाईक राईड र स्वीमिङ पुल संगै रहेको प्राकृतिक मनोरम दृश्यले त्यहा जाने पर्यटकहरुको पहिलो रोजाई बन्ने गरेको छ ।
पोखरा तालै तालको सहरको रुपमा चिनिदै आएको र पछिल्लो समय पोखरा भ्यालि आसपासका डाडा कांडाहरुमा समेत पर्यटकीय गन्तव्य बनिरहदा प्राकृतिलाई नजिकबाट नियाल्न सकिने सुईखेत खोलाको छेउमा हरियालि बातावरणमा रमाउन चाहनेलाई लक्षित गरी आफुले सुईखेत रिभर भ्याली रिसोर्ट सञ्चालनमा ल्याएको रिसोर्टका सञ्चालक जितेशमान गुभाजुले वताए । १५ रोपनी क्षेत्रफलमा ५ करोड लगानीमा सञ्चालनमा आएको सुईखेत रिभर भ्यालीबाट विहानीको सूर्य उदय र वेलुकाको सूर्य अस्तको समेत अवलोकन गर्न सकिने छ । पूर्व र पश्चिममा डांडा कांडाको खोंचबाट सूर्योदय र सूर्यअस्तको दृश्यको छुट्टै अनुभव लिन सकिने गुभाजुले वताए ।

रिसोर्टमा आउने पर्यटकलाई सुईखेतमा मात्रै सिमित नबनाउने उदेश्य सहित आफुहरुले एटिभि बाइकको माध्यमबाट पर्यटकहरुलाई हेम्जाकोट हुँदै अस्ताम सम्मको प्याकेज वनाई सञ्चालन गरिरहेको वताए । एटिभि बाईकको माध्यमबाट अस्ताममा पुगेपछि त्यहाँ बाट उत्तरमा रहेका हिम श्रृङखला संगै हेम्जा फांट, पर्यटकीय गाउँ धम्पुस र पोखराको उत्तरी भेग अवलोकन गर्न सकिने भएकालेपनि आन्तरिक पर्यटकहरुको रोजाई सुईखेत रिभर रिसोर्ट हुने गरेको छ ।

त्यसैगरि छोटो दुरिमा एटिभि बाइक चलाउनेहरुले सुईखेत रिभर भ्याली हुँदै फेदि सम्मको यात्राको अनुभव गर्न सक्नेछन । रिसोर्टमा बस्ने पाहुनाले हाईकिङ गरी कास्कीकोट दरबार, अस्ताम सम्म पुग्न सक्नेछन । त्यसैगरि रिसोर्टमा स्वीमिङ पुलको समेत ब्यवस्था रहेको छ । जसका लागि पनि विभिन्न प्याकेजको ब्यवस्था गरिएको छ । त्यसैगरि रिसोर्टमा हाल छ वटा रुम रहेको छ जसमा बस्न चाहनेका लागि समेत विभिन्न प्याकेजहरुको व्यवस्था गरिएको रिसोर्टका अप्रेसन म्यानेजर सागर गुरुङले वताए ।

सुईखेत रिभर भ्यालि रिसोर्ट भित्र रहेको विभिन्न कटेजहरुले मधेसमा बसोबास गर्ने थारु बस्तीको झल्को दिने गरेको र यसले समेत पर्यटकहरुलाई आकर्षित गरेको छ । रिसोर्टमा पार्किङको पर्याप्त ब्यवस्था र बाल उधान समेत रहेकाले पारिवारिक वातावरणमा घुम्न आउनेहरुका लागि समेत उचित गन्तव्य बनेको छ ।
शान्त बातावरण प्राकृतिक हरियालीलाई नजिकबाट नियाल्ने सक्ने भएकाले रिसोर्टमा पर्यटकहरुको आकर्षण वढेको वताउदै गुरुङले रिसोर्टमा बस्न चाहने पाहुनाहरुलाई लक्षित गरी सांझमा बार वे क्यू संगै स्वीमिङको समेत ब्यवस्था गरिएको वताए । रिसोर्टमा हाल २० जनाले प्रत्यक्ष रोजगार पाएका छन ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…