1Shares

पोखरा भ्यूज
पोखरा,१२ साउन । गोरखाका ७ वटा पालिकामा निमार्ण भएका पुर्वाधारमा विभिन्न उप–समितिले सिमेन्ट र इट्टामा बढी दर रेट लगाएको भेटिएको छ ।
११ पालिका रहेको गोरखाका ७ पालिकामा विभिन्न योजनामा काम गर्ने क्रममा गठित उपभोक्ता समितिले सिमेन्टमा १ करोड ११ लाख २९ हजार ७ सय रुपैयाँ र इट्टामा १४ लाख ५९ हजार ३ सय ६४ रुपैयाँ लिएका हुन् ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार पालिकामा निर्मित विभिन्न सडक, प्रतिक्षालय, ढल, सिढि, पानी ट्याङकी, फुटपाथ, खेलमैदान, कुलो लगायत निमार्ण गर्दा सिमेन्ट र इट्टमा बढी मुल्य लगाएको र उक्त रकम असुल गर्नुपर्ने देखिएको छ । गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका, शहिद लखन गाउँपालिका, पालु®टार नगरपालिका, गण्डकी गाउँपालिका, बारपाक गाउँपालिका र आजिरकोट गाउँपालिकामा उपभोक्ता समितिले ठुलै रकम कुम्ल्याएका हुन् ।
ती पालिकाको योजनामा उपभोक्ता समितिले खरिद गरेको सिमेन्ट, इट्टामा विजक मुल्य भन्दा बढी मुल्य राखेर दररेट निर्धारण गराएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार गोर्खा नगरपालिकाको ५६ योजनाामा प्रयोग भएको सिमेन्टको मुल्य ७९ लाख ४१ हजार ९६० रुपैयाँ बढी भेटिएको हो । महालेखा परीक्षकको प्रतिवेदन अनुसार उक्त रकम नियम अनुसार असुल गर्नुपर्ने देखिएको छ । नगरपालिका अन्तरगतै अन्य ६ वटा योजनामा प्रयोग भएको इट्टामा समेत बढी मुल्य लिएको भेटिएको छ । ८ रुपैयाँ प्रति गोटा पर्ने इट्टाको मुल्य १८ रुपैयाँदेखि १६ रुपैयाँसम्म राखेको भेटिएको हो । यसरी उपभोक्ता समितिले बढी मुल्य राखिदिदाँ नगरपालिकालाई व्ययभार बढ्न भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार उक्त ६ योजनाबाट ५ लाख १९ हजार ८ सय ८४ रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ । प्रतिवेदनमा भनिएको छ,‘उपभोक्ताले खरिद गरेको मुल्यभन्दा बढी मुल्य राखेको कारणले बढी भुक्तानी भई पालिकालाई बढी व्यवभार पर्न गएको छ । यसरी बढी व्ययभार पर्नगएको रकम नियमानुसार असुल गर्नुपर्ने रु.५१९४८४’
यस्तै सिरानचोक गाउँपालिकामा समेत सिमेन्ट र इट्टामा बढी मुल्य लगाएको पाइएको हो । विभिन्न १३ योजनाका भवन निमार्ण गर्दा उपभोक्ता समितिले इट्टामा ३ लाख ८६ हजार ५ सय ५२ रुपैयाँ, विभिन्न २० योजनामा प्रयोग भएको सिमेन्टमा ५ लाख ९० हजार ५ सय ४७ रुपैयाँ बढी मुल्य लगाएको छ ।
शहिद लखन गाउँपालिकामा समेत उपभोक्ता समितिले ७ योजनामा प्रयोग भएको इट्टामा ३ लाख ३१ हजार ८ सय ९० रुपैयाँ र ११ योजनामा प्रयोग भएको सिमेन्टमा ५ लाख ६१ हजार १ सय ९६ रुपैयाँ बढी लिएको हो ।
पालु®टार नगरपालिकामा २३ योजनामा प्रयोग गरिएको सिमेन्टमा ५ लाख ५६ हजार ७ सय ६५ रुपैयाँ बढी लिएको छ ।
गण्डकी गाउँपालिकामा १२ योजनमा प्रयोग भएको सिमेन्टमा ३ लाख ९३ हजार १५ रुपैयाँ र एक योजनामा प्रयोग रडमा ६६ हजार ७ सय ८८ रुपैयाँ बढी बढि लिएको छ । उक्त कार्यबाट कुल ४ लाख ५९ हजार ८ सय ३ रुपैयाँ असुल गर्नुपर्ने उल्लेख छ ।
बारपाक गाउँपालिकामा बाटो, सिचाँइ कुलो, चौतारा लागयतका १७ योजनामा प्रयोग भएको सिमेन्ट खरिदमा बढी मुल्य लगाइ रकम निकासा गरेको भेटिएको हो । प्रतिवेदन अनुसार ती योजनाबाट ४ लाख ३४ हजार ४६ रुपैयाँ असुल गर्नुपर्नेछ । यस्तै अन्य ३ योजनामा प्रयोग भएका इट्टामा समेत २ लाख २१ हजार पाँच सय ३८ रुपैयाँ बढी भएको रकम असुल गर्नुपर्नेछ ।
आजिरकोट गाउँपालिकाको २८ योजनामा प्रयोग गरिएको सिमेन्टमा बढी मुल्य लगाएको भेटिएको हो । ती योजनामा गठित उपभोक्ता समितिबाट ६ लाख ५२ हजार १ सय ७१ रुपैयाँ असुल गर्नुपर्ने उल्लेख छ ।
महालेखा परीक्षकको प्रतिवेदनले यी सबै पालिकाबाट रकम असुल गर्नुपर्ने उल्लेख गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘योजनामा उपभोक्ता समितिले खरिद गरेको सिमेन्टमा विजक मुल्य भन्दा बढी मुल्य राखेर दररेट निर्धारण गराएको छ । उपभोक्ताले खरिद गरेको वास्तविक विजक दरभन्दा बढी दर राखेर दर विश्लेषण गराउनु उचित देखिएन् । उपभोक्ताले खरिद गरेको मुल्यभन्दा बढी मुल्य राखेको कारणले बढी भुक्तानी भई पालिकालाई बढी व्ययभार पर्न गएको छ । यसरी बढी व्ययभार पर्न गएको रकम नियमानुसार असुल गर्नुपर्ने ।’

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected