
पोखरा भ्यूज
पोखरा, १२ श्रावण । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल जोन १० अन्तर्गतका क्लबहरूको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको छ ।
विहिवार जोन १० अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा आदर्श चौतारी, बाराही टाउन र युनियन टाउनको संयुक्त पदस्थापन सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर एवं पदस्थापन अधिकृत राम बसेलले क्लबका नवनिर्वाचित पदाधिकारीलाई पदस्थापना गराएका थिए भने डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्टिक्ट गर्भनर चन्द्रकुमार केसीले क्लबमा भित्रिएका नयाँ सदस्यलाई लायनवादको सिद्धान्त र मान्यता बारे जानकारी गराई लायनवादको सपथ खुवाएका थिए ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर बसेलले लायन्स क्लब अफ पोखरा बाराही टाउनको स्पोन्सरमा गठन भएको लियो क्लब, लियो क्लब अफ पोखरा बाराही टाउनको उद्घाटन गरेका थिए । लियो क्लबमा अमित गुरूङ अध्यक्ष रहेका छन ।
कार्यक्रममा लायन बर्ष सन् २०२१/२२ का अध्यक्षहरू लायन्स क्लब अफ पोखरा बाराही टाउनका सुकमाया गुरूङ, आदर्श चौतारीका बसन्तराज कोईराला, युनियन टाउनका वीरेन्द्र राज भुर्तेलले आ–आफ्ना कार्यकालमा भए गरेका गतिवधि सहितका प्रतिवेदन र २०२२/२३ का लागि पदस्थापित अध्यक्षहरू लायन्स क्लब अफ पोखरा बाराही टाउनका गंगा शर्मा केसी, आदर्श चौतारीका रुकबहादुर गुरूङ, युनियन टाउनका कृष्णप्रसाद आचार्यले भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।
समारोहमा मदरल्यांड मावि कक्षा ४ मा अध्ययनरत विद्यार्थी प्रमिशा केसीले स्वागत नृत्य प्रस्तुत गरेकी थिईन ।

कार्यक्रममा विभिन्न ३ वटै क्लबहरूबाट नेपाल लायन्स फाउण्डेशन र एलसीआईएफमा कंट्रीब्यूसन, डिष्ट्रिक्टको नयाँ भवन निर्माण लगाएतका विभिन्न कार्यमा प्रतिवद्धता सहित नगद रक़म लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका क्याविनेट ट्रेजरर सूर्यनारायण बराललाई अध्यक्षहरूले हस्तान्तरण गरेका थिए ।
समारोहमा डिष्टिक्ट गर्भनर राम बसेलले लायन्सले समाजमा गरेका उत्कृष्ट सेवाका कार्यहरूको निरन्तरता र गर्न बाँकी रहेका सबै सेवाकार्यहरूलाई बर्ष २०२२/२३ मा अगाडी बढ़ाउदै ‘ म टिमवर्कमा विश्वास गर्दछु’ (आई विलिभ ईन टिम वर्क) भन्ने नारालाई वर्षभरि नै प्राथामिकतामा राखेर काम गर्न र सफल नेतृत्वको उदाहरण प्रस्तुत गर्न नव निर्वाचित अध्यक्षहरूलाई आग्रह गरेका थिए । गभर्नर बसेलले डिष्ट्रिक्टमा मनोनित लायन्स लिडरहरूलाई प्रदान गरिएको ज़िम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गरेकोमा उदाहरण प्रस्तुत गर्दै, त्यहि नैहो ‘आई विलिभ ईन टिम वर्क’ उनले भने । ‘मेरो डिष्ट्रिक्ट बलियो डिष्ट्रिक्ट’ र ‘एक पटकको लायन्स सधैको लायन्स’ भन्ने अभिप्रायका साथ क्लबका सम्पूर्ण सदस्यलाई स्थायी सदस्य बनाउन गभर्नर बसेलले आग्रह गर्दै नयाँ ढंगले मानव सेवाका कार्यमा उत्साह, हौसला साथ लाग्न समेत अनुरोध गरे ।
लायन्स क्लब अफ पोखरा बाराही टाउनका लायन बर्ष २०२१/२२का अध्यक्ष सुकमाया गुरूङ र लायन्स क्लब अफ पोखरा युनियन टाउनका लायन बर्ष २०२२/२३ का अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम र द्वित्तिय भाइस डिष्ट्रिक्ट गभर्नरद्वय चन्द्रकुमार केसी र बिनोद ढुङगाना, डिष्ट्रिक्ट एओजी आरती अधिकारी, रिजन चेयरपर्सन मोहनराज पौडेल, जोन चेयर पर्सन रोजी श्रेष्ठ लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका २०२१/२२ का सचिव सूर्यप्रसाद पोखरेल, २०२२/२३ का सचिव भगवान श्रेष्ठ लगायतले आआफ्नो भनाई राखेका थिए ।
चाईल्ड स्पिचको रूपमा प्रशन्न केसीले आफ्नो प्रस्तुति राखेका थिए ।







सम्बन्धित खवर
















