
पोखरा भ्यूज
पोखरा, १३ श्रावण । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आई नेपाल अन्तर्गत लायन्स क्लब अफ पोखरा पिस सिभिकको पदस्थापना सम्पन्न भएको छ ।
सुक्रवार सम्पन्न पदस्थापना कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर राम बसेलले पिस सिभिकका पदाधिकारीलाई पदस्थापन गराएका थिए भने डिष्ट्रिक ३२५ आई नेपालका द्वित्तिय भाईस डिष्ट्रिक्ट गर्भनर बिनोद ढुङगानाले क्लबमा भित्रिएका नयाँ सदस्यहरुको परिचय सहित लायनवादको शपथ गराएका थिए ।
सो अवसरमा लायन्स क्लब अफ पोखरा पिस सिभिकका बर्ष २०२२/२३ का अध्यक्ष बिनोद भुजेलले पोखरा–२४ स्थित बिजय आधारभुत बिधालयमा अध्ययन गर्ने २ जना जेहेन्दार छात्र र छात्राका लागि एक लाख रूपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका छन । सो अक्षयकोष रकम उक्त बिधालयका प्रधानाध्यापक शुरेशबहादुर रानाभाटलाई कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर राम बसेल र क्लब अध्यक्ष भुजेलले हस्तान्तरण गरेका थिए ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि बसेलले लायन्स क्लब अफ पोखरा पिस सिभिकद्वारा स्पोन्सरमा गठन भएको लियो क्लब, लियो क्लब अफ पोखरा पिस सिभिकको उद्घाटन गरेका थिए । लियो क्लबमा संकल्प कुँवर अध्यक्ष रहेका छन ।
कार्यक्रममा लायन बर्ष सन् २०२१/२२ का अध्यक्ष रामकृष्ण तिवारीले आफ्ना कार्यकालमा भए गरेका गतिवधि सहितका प्रतिवेदन र २०२२/२३ का लागि पदस्थापित अध्यक्ष भुजेल र लियो क्लब अफ पोखरा पिस सिभिकका अध्यक्ष संकल्प कुँवरले आफ्नो भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।
त्यस्तै, कार्यक्रममा क्लबको तर्फबाट नेपाल लायन्स फाउण्डेशन र एलसीआईएफका साथै डिष्ट्रिक्टको नयाँ भवन निर्माण लगाएतका विभिन्न कार्यमा प्रतिवद्धता सहित नगद रक़म लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका क्याविनेट ट्रेजरर सूर्यनारायण बराललाई हस्तान्तरण गरेका थिए ।
समारोहमा डिष्टिक्ट गर्भनर राम बसेलले सिभिक डिष्ट्रिक्टको उत्कृष्ट क्लब रहेको जनाउ दिदै क्लबले समाजमा गरेका उत्कृष्ट सेवाका कार्यहरूको निरन्तरता सहित सबै सेवाकार्यहरूलाई बर्ष २०२२/२३ मा पनि अगाडी बढ़ाउदै सफल नेतृत्वको उदाहरण प्रस्तुत गर्न नव निर्वाचित अध्यक्षलाई आग्रह गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले डिष्ट्रिक्ट गभर्नरले ल्याउनु भएको कार्यक्रम लामो समय चल्ने दिर्घकालिन सोचले आएका बताउदै यस बर्षको नारालाई हृदयगम गर्दै उत्कृष्ट ढंगले कार्य सम्पादन गर्न अनुरोध गरेका थिए ।
कार्यक्रमको पहिलो शत्रको अध्यक्षता पिस सिभिकका २०२१/२२ अध्यक्ष रामकृष्ण तिवारी र दोस्रो शत्रको अध्यक्षता २०२२/२३ का अध्यक्ष बिनोद भुजेलले गरेका थिए । कार्यक्रममा सिटी वान टेलिभिजनका अध्यक्ष एवं पोखरा उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापति, पिस सिभिकका संस्थापक अध्यक्ष पवित्रराज तिवारी, कार्यक्रम संयोजक बिकास कँडेल, क्लबका २०२१/२२ का सचिव मित्रबन्धु बराल, २०२२/२३ का सचिव गणेश पराजुली लगाएतले बोलेका थिए ।






सम्बन्धित खवर
















