२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

स्वर्गीय शेरचन गितसंगितको क्षेत्रका अलौकिक बिम्ब : प्रमुख आचार्य

पोखरा भ्यूज

पोखरा, १३ श्रावण । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वर्गीय कल्याण शेरचनलाई गीतसंगीत क्षेत्रको संरक्षण र विकासका लागि निरन्तर लागिरहने एक प्रतिवद्ध चिन्तकका रुपमा उल्लेख गरेका छन । शेरचनलाई नेपाली गीतसंगितले एक असल नक्षत्रका रुपमा लिने गरेको प्रमुख आचार्यले बताए ।

स्वर्गीय शेरचनको ७६ औँ जन्मजयन्तिका अवसरमा उनले शालिक निर्माणार्थ विहिवार पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगीता तथा स्रष्टा सम्मान एंव इन्द्रेणी कार्यक्रम २०७९ को उद्धघाटन गर्दै प्रमुख आचार्यले स्वर्गीय शेरचन गितसंगितको क्षेत्रका अलौकिक बिम्ब भएको उल्लेख गरे ।

अरुलाई अगाडी सारेर आफु पछाडी बस्ने स्वाभावका शेरचनको सपना पोखरामा आयोजित उक्त कार्यक्रमले पुरा गर्ने विश्वास समेत व्यक्त गरे । प्रमुख आचार्यले पोखरा महानगरपालिका लोकसंस्कृति र नेपाली गीतसंगीतको विकासका लागि निन्तर लागिरहने प्रतिवद्धता पनि जाहेर गरेका छन ।

कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा पोखरा सभागृहमा तिन दिनसम्म चल्ने उक्त कार्यक्रमलाई आयोजकले लोक स्रष्टाहरुको कुम्भमेला भनेको छ । सो क्रममा विभिन्न लोकसंस्कृतिर्कीहरुलाई सम्मान समेत गरिएको छ भने, सयौँ लोकसंस्कृतिकर्मीहरुको प्रत्यक्ष सहभागीता रहेको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…