18Shares

पोखरा भ्यूज
लेखनाथ । लायन्स क्लब अफ लेखनाथ सिमसार र लेखनाथ टाउनको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिवार मुक्तिनाथ पाटी प्यालेस लेखनाथमा सम्पन्न पदस्थापन समारोहमा पदस्थापन अधिकृत एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर राम बसेलले दुवै क्लबका अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन गराएका थिए भने क्लबमा भित्रिएका नयाँ सदस्यलाई प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले सपथ गराएका थिए ।

कार्यक्रममा लेखनाथ सिटी मन्टेस्वरीका बाबुनानीले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वर्ष २०२१-२२ का सिमसारका अध्यक्ष कल्पना गुरुङ एवं लेखनाथ टाउनका अध्यक्ष बिनोद प्रसाद लामिछाने आफ़ना कार्यकालमा भए गरेका कार्यको प्रस्तुत गरेका थिए भने वर्ष २०२२-२३ का अध्यक्षद्वय शिवा कुमारी गिरी र भरत गिरीले भावी कार्यक्रम राखेका थिए ।

कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट गभर्नर बसेलले लेखनाथ सिमसार र लेखनाथ टाउनले समाज र समुदायमा पुर्रयाएको योगदानको प्रशंसा गर्दै थप निरन्तरता दिन आग्रह गरेका थिए ।

लायन्स क्लब अफ लेखनाथ सिमसारका बर्ष २०२१/२२ का अध्यक्ष कल्पना गुरूङ पहिलो सत्र र लेखनाथ टाउनका २०२२/२३ का अध्यक्ष भरत गिरी सत्रको कार्यक्रमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, क्याविनेट सेक्रेटरी हरिराज पन्त, चन्द्र सुबेदी, सिमसारका प्रथम उपाध्यक्ष गिता बराल र सचिव प्रभा पौडेल, टाउनका प्रथम उपाध्यक्ष राधाकृष्ण अधिकारी र सचिव केशब तिवारी लगाएतले बोलेका थिए ।

18Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected